Thursday, December 9, 2021
Home > समाचार > हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बसेर आमाको जस्तै भूमिका निभायो यो कुकुरले

हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बसेर आमाको जस्तै भूमिका निभायो यो कुकुरले

काठमाडौँ । हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर कुकुर बस्न सक्छ ? कुकुर र मानिसबीच साँच्चिकै आत्मीय सम्बन्ध रहेको बेलाबेलामा चर्चा हुनेगरे पनि एउटा कुकुरले फेरी त्यो सम्बन्धलाई ताजगी बनाइदिएको छ ।

आज्ञाकारी पशुको रुपमा पनि लिइने कुकुरलाई पछिल्लो पटक अष्ट्रेलियाकामा एउटा कुकुरले प्रशंसै–प्रशंसा बटुलिरहेको छ । अष्टेलियाको क्वीन्सल्याण्डमा १७ वर्षको एउटा कुकुरले ३ वर्षीया एक बालिकालाई आमाको जस्तै साथ दिएपछि उ विश्वभरका संचार संस्था र सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

बिबिसीका अनुसार तीन वर्षकी ती बालिका गएको शुक्रबार घरबाट हराएपछि सय जना उद्धारकर्ता, स्वंमसेवक र प्रहरीको टोली उनको खोजीमा लागेका बेला कुकुरले अउरोरा नाम भएकी ती तीन वर्षकी बालिकालाईल भेटाएको हो ।

उद्धारकर्ता र प्रहरीले गर्न नसकेको काम गरेर उक्त कुकुरले कमाल नै गरेर विश्वलाई नै चकित पारिदियो । बालिकाका आफन्तका अनुसार बालिकाले १५ सेन्ट्रिग्रेडको तापक्रममा एक रात कुकुरसँगै एक ढुङ्गामुनि बिताउँदा कुकुरले एक सेकेण्ड पनि उनलाई छाडेन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!