Thursday, April 15, 2021
Home > समाचार > मोदीले भाषणले उब्जायो विवाद, सामाजिक सञ्जालमा सुरू भो बहस (भिडियो)

मोदीले भाषणले उब्जायो विवाद, सामाजिक सञ्जालमा सुरू भो बहस (भिडियो)

काठमाडौं । विमिस्टेक सम्मेलनको उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनले बहस खडा गरेको छ । उनले हिन्दी भाषामा सम्बोधन गरेका छन्, जुन अन्तराष्ट्रिय मञ्चमा उनीबाट अपेक्षा गरिएको थिएन । मोदीले हिन्दीमा भाषण गर्न हुन्छ भने हाम्रा प्रधानमन्त्रीले चाँही किन अंग्रेजीमा भाषण गरेको भनेर बहस गर्ने क्रम सामाजिक सञ्जालमा सुरू भएको छ ।आयोजक एवं अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी भाषामा आफ्नो सम्बोधन गरेका थिए । ओली कार्यक्रमको मोडरेटर (संचालक) पनि स्वयं थिए र अंग्रेजी भाषामा बोलेका थिए ।


सकारात्मक पक्ष के देखियो भने ओलीले आफ्नो लिखित भाषण पढेपनि घोप्टो मुन्टो लगाएर भद्दा शैलीमा पढेनन् । उनको आजको भाषण स्मार्ट देखिन्थ्यो । किनकी मञ्चमा प्रम्प्टरको प्रयोग गरिएको थियो ।बोल्ने मञ्चको अगाडी वक्ताको दायाँ र वायाँ राखिने प्रम्प्टरमा डिजिटल अक्षरहरू पढ्न मिल्छ, तर अगाडिका वक्ताले ती अक्षरहरू देख्दैनन् । प्रम्प्टरका अक्षरहरू पढ्दा स्रोता दर्शकसँग आँखामा आँखा जुधाएर भाषाण दिएकै जस्तो देखिन्छ ।भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा बोलेका कारण नेपालका प्रधानमन्त्रीले पनि नेपालीमै बोल्नु पर्थ्यो भन्ने आवाज सामाजिक सञ्जालमा उठेको छ । कतिपयले आयोजक राष्ट्रको प्रधानमन्त्री भएकोले सबैले बुझ्ने अन्तराष्ट्रिय भाषा अंग्रेजीकै प्रयोग उचित हो पनि भनेका छन् ।तपाँइको विचार के छ ? तल प्रतिकृयामा लेख्न सक्नु हुन्छ ।

Leave a Reply