Wednesday, February 24, 2021
Home > समाचार > निर्मलाको लागि नायिका रेखा थापाले लेखिन यस्तो कबिता

निर्मलाको लागि नायिका रेखा थापाले लेखिन यस्तो कबिता

हरेक साल बर्खा आउने छ,
उखुबारी उस्तै सुसाउने छ
सडकमा साइकलको घण्टी बजाउँदै

एक हुल किशोरी भविष्य खोज्न दौडने छन्
निर्मलाको आमा भन्ने छिन्,
बाँचेकी भए अहिले रिजल्ट आउँदो हो
बाँचेकी भए आज जन्मदिन हुँदो हो

बाँचेकी भए त्यसको त्यो रहर पूरा गर्दी हो
खाली यो गर्छु र त्यो गर्छु भन्थी
बाँचेकी भए अहिले नरोउ आमा भन्दी हो,

निर्मलाको आमा कुनामा बसेर यस्तै यस्तै
एकान्तमा शोक दिवस मनाउने छिन्
केही दिन सबैले दुर्भाग्य ठान्ने छन
बिर्सने छन,
किनकी निर्मला कुनै पार्टीकी सहिद होइनन् ।

निर्मलाको कथा लाखौं अरु छोरीलाई
तर्साउन, हप्काउन, बाध्न र जेल्न काम लाग्नेछ
निर्मलाको शोकको शिक्षाले
लाखौं आत्माभित्रको हौसलामा पानी बन्नेछ,

आदिम जुगमा फर्किने छन् घरहरु
भयभित हुनेछन् आत्माहरु
दाइभाइ, बुबा काका अनि सहकर्मी पुरुषभित्र
एउटा बलत्कारी देख्न थालने छन् चेलीहरु,

के यही देश र यही समाज थियो
जस्का निम्ती हाम्रा बहादुए सहिद र
पुर्खा लडेका थिए ?

निर्मलाको दुर्भाग्य पूर्ण र पासविक
हत्या अन्तिम होस् यो देशमा

(रेखा थापाको फेसबुक बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *