Wednesday, December 8, 2021
Home > समाचार > प्रम अोलीले भेटे २ नं. प्रदेशका साँसदहरूलार्इ… के भयो त कुराकानी? हेर्नुहाेस

प्रम अोलीले भेटे २ नं. प्रदेशका साँसदहरूलार्इ… के भयो त कुराकानी? हेर्नुहाेस

काठमाडौँ। सांसदहरुले प्रदेश २ को समृद्धिका लागि विशेष अभियान संचालन गर्न सरकारसँग आग्रह गरेका छन्।सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका बेला प्रदेश २ का सांसदहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटगरी प्रदेश २ को समृद्धिका लागि विशेष अभियान संचालन गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका प्रदेश २ का सबै दलका सांसदहरुले समृद्धिका लागि ‘तराई–मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै संचालन गर्न आग्रह गरेका थिए।

‘तराई मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै संचालन गर्न प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरिएको प्रदेश २ बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले जानकारी दिए। उनले कृषि क्षेत्रको सुधार र चुरे संरक्षणमा जोड नदिए तराई, मधेशमा भयावह अवस्था सृजना हुने कुुरातर्फ पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइएको बताए।

पीछडिएको क्षेत्र भएकाले प्रदेश २ को विकासमा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद प्रदिप यादवले जानकारी दिए। सांसदहरुले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए।

तटबन्ध निर्माण कार्यलाई तीव्रता दिएर बाढी र डुबान समस्या सदाका लागि अन्त्य गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको प्रतिनिधिसभाका सांसद यादवले बताए। यता, प्रधानमन्त्री ओलीले पनि प्रदेश २ को विकासका लागि आफूले उच्च प्राथमिकता दिने बताएका थिए। तराई, मधेशको शिक्षा, खानेपानी, सिंचाईलगायतका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री ओलीले बताए।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको क्रममा दिएको प्रदेश २ को मुख्यमन्त्री लालबाबु यादवले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!