Tuesday, March 2, 2021
Home > समाचार > वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज

वैशाख ३०, २०७५ वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा ललितपुरको जावलाखेलमा आज अपरान्ह ४ बजे राष्ट्रपति, उपराष्ट्रपति, लगायत उच्चपदस्थ व्यक्तित्वको सहभागिता रहनेछ । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ ।

गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउनेछन् । मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । यद्यपी भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो यकिन छैन । ललितपुरको थटीटोलमा रहेको रथलाई तानेर गत विहिबार जावलाखेल पुर्‍याईएको थियो । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *