Friday, June 18, 2021
Home > मनोरञ्जन > ज्वालाको एकल चित्रकला प्रदर्शनी

ज्वालाको एकल चित्रकला प्रदर्शनी

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी भैरहेको छ । सेन्ट मेरिज स्कुलबाट एसईई परीक्षा दिएर बसेकी ढकालले १ सय ५ वटा चित्र बिक्रीमा राखेकी छिन् । चित्रको बिक्रीबाट उठेको रकमले बालुवाटारस्थित प्रयास नेपाल अनाथ आश्रमका लागि कम्प्युटर ल्याब स्थापना गरिने ज्वालाले बताएकी छिन् । गत शनिबार प्रारम्भ भएको उक्त प्रदर्शनी वैशाख ३० गते शनिबारसम्म चल्नेछ । प्रदर्शनीमा हालसम्म एक लाख रुपैयाँभन्दा बढीका चित्र विक्री भैसकेको ढकालले बताइन् ।

थान्का तथा पौवाको प्रदर्शनी हुँदै

थान्का तथा पौवा कलाको सामूहिक कला प्रदर्शनी आजदेखि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा हुँदैछ । जेठ ०७ सम्म चल्ने प्रदर्शनीमा १४ वटा चित्र राखिनेछ भने भिडियो इन्स्टलेसन पनि हुनेछ । प्रदर्शनीमा कलाकारहरू लोक चित्रकार, मुना मोक्तान, तेन्जिन नोर्बु, भीम थापा, सोनाम डोल्मा तामाङ, तुलाराम तामाङ तथा कर्मा रिनछेन गुरुङका चित्र राखिनेछ ।

http://bit.ly/2IdNlV6

Leave a Reply

error: Please Dont Copy My Content!! !!