Sunday, July 11, 2021
Home > खेलकुद > आइपीएलमा सन्दिपको प्रभावशाली डेब्यू

आइपीएलमा सन्दिपको प्रभावशाली डेब्यू

वैशाख ३०, २०७५ – इण्डियन प्रिमियर लिग आईपिएलमा डेब्यु गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले प्रभावशाली बलिङ गरेका छन् । विराट कोहली र एबी डी भिलियर्स जस्ता विश्वकै उत्कृष्ट ब्याट्सम्यान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलबाट सन्दीपले हिजो डब्यू गरेका हुन् । सन्दिपले ४ ओभर बलिङ गर्दा १ विकेट लिदै २५ रन खर्चिए ।

pic cr. DareDevils

पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दीपलाई बलिङमा उतारेको थियो । पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दीपले २ रनमात्र खर्चेका थिए । उनले दोस्रो ओभरमै विकेट लिदै आफ्नो ‘डेब्यु’ लाई सनसनी बनाए ।

सन्दीपले पटेललाई ६ रनमा एलबीडब्लु आउट गरे । अर्को स्पेलमा तेस्रो ओभर लिएर आउदा सन्दीपको पहिलो बलमा कोहलीले चौका प्रहार गरे । त्यसमा सन्दीपले ८ रनमात्र खर्चे । १२ औं ओभरमा सन्दीपले आफ्नो ४ ओभर बलिङ कोटा सकाएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!