Thursday, December 9, 2021
Home > अन्तराष्ट्रिय > छात्राहरुलाई विश्वविद्यालयको उर्दी– आधा शरीर देखिने लुगा लगाएर नआऊ

छात्राहरुलाई विश्वविद्यालयको उर्दी– आधा शरीर देखिने लुगा लगाएर नआऊ

काठमाडौं । जाम्बियाको एक विश्वविद्यालयले आफ्ना छात्राहरुलाई पुरै शरीर ढाकिने लुगा लगाएर आउन भनेको छ । छात्रहरूको ध्यान भङ्ग गर्ने गरेको भन्दै विश्वविद्यालयले छात्राहरूलाई ‘आधा शरीर देखिने’ पोशाक लगाएर पुस्तकालय नआउन भनेको बीबीसीले उल्लेख गरेको छ। राजधानी लुसाकास्थित युनिभर्सिटी अफ जाम्बियाले छात्राहरूलाई शालीन लुगा लगाउन आग्रह गर्दै पुस्तकालयमा सूचना टाँसेको हो ।

सांस्कृतिक रूपमा रूढीवादी रहेको यो देशको विश्वविद्यालयका विद्यार्थीहरू नयाँ फेशनका पोशाकहरू लगाउन मन पराउने गर्छन्। तर, उनीहरुको भावना विपरीत पुस्तकालयको सूचनामा भनिएको छ, “छात्राहरू आधा शरीर देखिने गरी पुस्तकालय आउने गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। उनीहरू त्यसरी आउँदा अरूको ध्यान भङ्ग हुने गरेको छ।“

‘पुस्तक हेर, शरीर होइन’

विश्वविद्यालयको निर्देशनप्रति केही छात्राहरूले विमति जनाएका बीबीसीले उल्लेख गरेको छ । उनीहरुले भनेका छन्, ‘पुस्तकालय जानुको उद्देश्य अध्ययन गर्नु हो भने केटीहरूका खुट्टा जस्ता अङ्ग किन हेर्नुहुन्छ? खालि पुस्तकमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्।“

साथै विश्वविद्यालयको उक्त कदमप्रति कतिपय छात्रहरू सहमत देखिएका छन्। एक जना छात्र किल्निनो फिरीले बीबीसीलाई भने, ‘महिलाहरूको शरीर कति आकर्षक हुन्छ भन्ने तपाईँहरूलाई थाहै छ नि। “तपाईँ पढिरहेका बेला यदि कुनै केटी मिनिस्कर्ट अथवा चिपिक्क टाँसिएको लुगा लगाएर हिँडेको देखियो भने कसरी एकाग्र हुन सक्नुहुन्छ?“

Leave a Reply

error: Please Dont Copy My Content!! !!