Friday, June 18, 2021
Home > भिडियो > युवाहरू बीच पूर्वराजकुमार पारस शाहकाे बढ्दो क्रेज, बाैद्धनाथमा जे देखियो – भिडियो

युवाहरू बीच पूर्वराजकुमार पारस शाहकाे बढ्दो क्रेज, बाैद्धनाथमा जे देखियो – भिडियो

सोमबार बेलुका पूर्वयुवराज पारस शाह अकस्मात् बौद्धनाथ स्तूप पुगे । आफ्ना सीमित समर्थकहरूलाई मात्रै सूचना दिएर बौद्धनाथ पुगेका पूर्वयुवराजले बौद्धको दुई स्थानमा दीप प्रज्वलन गरे । बेलुका आफैले चलाएको गाडी लिएर बौद्धनाथ पुगेका शाह सरकारी सुरक्षा बिना नै बौद्धनाथ पुगेका थिए र त्यहाँ उनलाई शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबासहितको टोलीले सुरक्षाको प्रबन्ध मिलाएको थियो ।

भिडियोः

शिरमा ढाका टोपी लगाएर कसैलाई सूचना नदिई बौद्ध प्रवेश गरेका पारसलाई बौद्धनाथबाट निस्कने बेलामा भने श्रद्धालुहरुले घेरेका थिए जसका कारण उनलाई निस्किने बेला हम्मेहम्मे परेको थियो ।

उनी बौद्धनाथ परिक्रमा गरिरहँदा ठाउँ ठाउँमा युवाहरूले फोटो खिच्न पटक पटक रोके । कसैले उनलाई त्यतिखेर ‘मौसुफ सरकार’ भनेर या त कसैले ‘दाइ’ भनेर सम्बोधन गरे।

उनीसँग फोटो खिचाउन खोज्दा उनको सुरक्षाको समेत जिम्मेवारी सम्हालिरहेका सहयोगहरुले रोक्ने खोजे पनि पारस आफैले बोलाएरै फोटो खिचाए त केहीसँग ‘सेल्फी खिचौँ न त’ भन्दै सेल्फी खिचे। हेर्नुहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!