Wednesday, May 12, 2021
Home > Uncategorized > राति हेडफोनबाट गीत सुनेर सुतेकि एक महिला विहान चैट

राति हेडफोनबाट गीत सुनेर सुतेकि एक महिला विहान चैट

गीत सुन्ने सौखिन व्यक्तिहरुलाई हेडफोन लगाउन मन पर्छ । कुनै लामो यात्रामा हिँड्दा वा रातीमा सुत्दा समेत यनहिरु हेडफो लगाउँछन् । तर भारतको तमिलनाडुकी एक महिलाले यही बानीका कारण ज्यान गुकाउनु परेको छ । रातीको समयमा हेडफोनमा गीत सुन्दै सुतेकी ती महिलाको त्यही हेडफोनले ज्यान लिएको छ । प्रहरीका अनुसार घटना हिजो आइतबार रातीको हो । तमिलनाडुको काथुरमा बस्ने ती महिला राती

साँकेतिक तस्विर

हेडफोन लगाएर सुतेकी थिइन् । ती महिलाको नाम फतिमा भएको बताइएको छ । राती सुतेकी ती महिलालाई बिहान उनका पति अब्दुलले उठाउने प्रयास गर्दा उनी उठिनन् । अब्दुल निकै डराए र उनले फतिमालाई उपचारको लागि अस्पताल लिएर गए । अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेका छन् ।

अस्पतालका अधिकारीले यो घटनाको सूचना प्रहरीलाई दिएका थिए । डाक्टरका अनुसार महिलाको मृत्यु करेन्ट लागेर भएको हो । हेडफोन लगाएर सुतेकी महिलालाई सर्ट सर्किटका कारण त्यही हेडफोनबाट करेन्ट लागेको अनुमान गरिएको छ ।

Leave a Reply