Tuesday, March 2, 2021
Home > Uncategorized > धादिङबाट अायो दुःखद खबर

धादिङबाट अायो दुःखद खबर

बैशाख २४, काठमाडौँ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सवार स्कार्पियो धादिङमा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।उक्त दुर्घटनामा परि घोराही पानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसी, सचिव सुमन शर्मा, कोषाध्यक्ष धुर्व केसी र नेकपा एमालेका सचिवालय सदस्य बिवेश श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्य सबैभन्दा बढी चोट श्रेष्ठलाई लागेको बताइएको छ ।

साँकेतिक तस्विर

उनको स्थानीय मेडिकलमा उपचारपछि काठमान्डौंको बीर अस्पतालमा लैजाने तयारी भएको छ ।चालक निदाएको हुँदा दुर्घटना भएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।घोराही खानेपानी समस्याको लागि काठमान्डौं डेलिकेसनमा जान लागेको बा १६ च ८०९७ नम्वरको स्कार्पियो सोमवार विहान ६ बजेतिर धादिङको गल्छिमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा परेको गाडीलाई स्थानीय र प्रहरीले उद्दार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते (नामसहित)
दाङमा मोटरसाईकल दुर्घना हुँदा दुईजना घाइते भएका छन् ।

सोमबार तुललसीपुर उपमहानगरपालिका वडा नं. १९ को छिल्लीकोटमा रा ३ प ९१३९ नम्वरको मोटरसाईकल दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ३२ बर्षीय जग्गु केसी र सोही ठाउँ निवासी ५० बर्षीया माया भण्डारी घाइते भएका छन् ।

रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।मोटरसाईलक अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । तुललसीपुर उपमहानगरपालिका वडा नं. १९ को छिल्लीकोट मन्दिरबाट फर्कने क्रममा उनीहरु सवार मोटरसाईकल दुर्घटनामा परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *