Saturday, November 27, 2021
Home > समाचार > सभामुख महरापुत्र ले गरे राज्यको सम्पती बिराटनगर जुट्मिल कब्जा …पूरा हेरेर सक्दो शेयर गर्नुहोस

सभामुख महरापुत्र ले गरे राज्यको सम्पती बिराटनगर जुट्मिल कब्जा …पूरा हेरेर सक्दो शेयर गर्नुहोस

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारी स्वामित्वको ऐतिहासिक विरानगर जुटमिल हडप्न खोज्ने व्यक्तिमाथि कारबाही गर्ने बताएका छन् ।राणा शासनविरुद्ध प्रजातन्त्र स्थापनाका लागि आन्दोलनको प्रादुर्भाद भएको ऐतिहासिक विराटनगर जुटमिलको सरकारका नाममा रहेको सेयर मुठ्ठीभर व्यक्तिले कब्जा गरेका छन् ।आजको साँघु साप्ताहिकले लेखेको छ–यसरी जुटमिल कब्जा गर्नेमा नेपाल सरकारका सचिव

दिनेश थपलिया नै छन् । केहि महिनाअघि अवकास पाएका सहसचिव उद्धव तिमल्सिना र सभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा एटम र नातेदार रेशम महरा पनि छन् ।विराटनगर जुटमिलका अवैधानिक अध्यक्ष बसन्त बन र प्रवन्ध निर्देशक निलहरि काफ्लेले सचिव थपलिया र महरालाई सरकारको नाममा रहेको सेयर विक्रि गरी उद्योग हडप्न प्रपञ्च रचेको आरोप छ ।

विराटनगर जुटमिलमा सरकारका नाममा रहेको ४६ प्रतिशत सेयर गैरकानुनी रुपमा विक्रि गरी ३८ प्रतिशतमा झार्ने स्घोषित प्रवन्ध निर्देशक काफ्ले र अध्यक्ष बसन्त बनमाथि जुट मिल जोगाउने संघर्ष समितिले कारबाही गर्न माग गरेको छ ।

त्यही मागको सुनुवाई गर्दै मन्त्री यादवले जुटमिल हडप्ने, मिसिनका पाटपूर्जा चोरी गर्नेहरुलाई कारबाही गर्ने घोषणा गरेका छन् । source: raatopati

Leave a Reply

error: Please Dont Copy My Content!! !!