Saturday, July 10, 2021
Home > अपराध > दुःखद खबरः लेवननबाट फर्किएकि चेलीलार्इ रातीमा युवाहरूले तानेर लगेपछि

दुःखद खबरः लेवननबाट फर्किएकि चेलीलार्इ रातीमा युवाहरूले तानेर लगेपछि

हिमालपारिको गाविस बिही-९ ड्याङकी २४ वर्षीया युवती हुन् पेमा लामा। उनी अहिले मानसिक तनावमा छिन्। वैदेशिक रोजगारीमा पाँच वर्ष लेबनान बसेर फर्केकी उनलाई युवा समूहले राति जबरजस्ती घरबाट तानेर लगी दुईजनाको पत्नी भएको घोषणा गरिएको छ। यो त्यहाँको सामाजिक परम्परा भए पनि त्यसलाई सहजै स्वीकार्न उनको मन तयार छैन। दुई महिनाअघि उनी लेबनानबाट गाउँ फर्किएकी हुन्।

गाउँ फर्केको चार दिनमात्र भएको थियो। लेबनानको सुखदुःख साट्न पनि भ्याएकी थिइनन् उनले। घर फर्केको चौथो रात चकमन्न हुँदै थियो। पेमा घरमै सुतिरहेकी थिइन्। एक्कासि आठ–दसजनाको दलबल आएर उनलाई तान्न थाले। आधा रात, रोइकराइ गरिन् तर उनको चित्कार सुन्ने कसले बलिया केटाले उनलाई जबरजस्ती काँधमा हाले। बोकेर क्रो पुर्‌याए। क्रो बिही गाविसको १ नं वडामा पर्छ।

पेमा लेबनान जानुअघि बुबा बितेका थिए। लेबनान गएपछि उनको आमाको पनि निधन भयो। घरमा दाजु-भाउजू मात्र थिए। घरबाट आफूलाई जबरजस्ती तानेर लगेको क्षण सम्झिँदै पेमाले भनिन्, ‘घरमै बसिरहेकी थिएँ। आठ-नौजना केटाहरू आए। दाजु-भाउजूलाई मज्जाले रक्सी खुवाए। अनि म सुतेको ठाउँमा आए। तानेर लगे।’

पेमालाई केटाका बाआमाले चौंरीको घिउको टीका लगाइदिए। आशीर्वाद दिँदै घोषणा गरे, ‘फुर्बु र छेवाङ दुई भाइकी श्रीमती भयौ।’ त्यहाँको रीतिअनुसार पेमा जबरजस्ती दुई भाइकी साझा पत्नी घोषित् भइन्। उनको एउटा पति आफूभन्दा चार वर्ष कान्छो २० वर्षीय फुर्बुतेन्जिङ हो, जो घरमै छन्। अर्को ‘पतिु फुर्बुका दाजु २५ वर्षीय छेवाङ दुबईमा छन्। ‘मैले उनीहरू (लोग्ने घोषित दुईजना) लाई चिनेको थिइनँ, अहिले पनि उनीहरूको नाम जान्दिनँ’, पेमाले भनिन्।

मध्यरातमा सुतेको ठाउँबाट उठाएर लगिएकी उनी तीन दिनसम्म घरमै बसिन्। अनि माइत फर्किन्। केही दिनअघि फेरि घर गएकी उनी तीन दिन बसेर माइत आएकी छन्। अहिले माइतीघरमा ‘विक्षिप्तु अवस्थामा छिन्। ‘घर जान मनै लाग्दैन, नजाऊँ गाउँको चलनै यस्तै छु, उनले भनिन्, ‘काठमाडौं गएर व्यापार गरेर बसौं कि, लेबनान नै फर्किऊँ द्विविधा भइरहेको छ।’

लेबनानबाट फर्कंदा उनले सोचेकी थिइन्, काठमाडौंमा व्यापार गरेर बस्ने। मिल्यो भने पढ्ने पनि। मेसो नमिले लेबनानै फर्कने। ‘तर अहिले साह्रै ठूलो दुःखमा परेुं, उनले भनिन्, ‘गाउँमा यस्तो सहेर बस्नै मन छैन। काठमाडौं जान्छु होला। उनले आफूलाई तान्नुअघि दिएको बख्खु भने फिर्ता गरेकी छैनन्।

पेमा प्रतिनिधि पात्रमात्र हुन्। बिही गाविसका अधिकांश छोरीचेली पेमाजस्तै जबरजस्ती बिहेको परम्पराबाट पीडित हुँदै आएका छन्। प्रोक-७ क्य्राकका पेमाडुन्डुप लामाका अनुसार त्यस भेगका एकाधबाहेक सबै महिला जबरजस्ती बिहेको फन्दामा परेका छन्।

भोटेलामा समुदायको बसोबास रहेको बिहीलगायत प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसमा जबरजस्ती तानेर बिहे गर्ने परापूर्वकालदेखिको परम्परा हो। शिक्षा र चेतनाको विकासक्रमसँगै यो परम्परा अरू गाविसमा क्रमशः हट्दै गए पनि बिहीमा अधिकांश चेलीको बिहे जबरजस्ती तानेरै हुने गरेको छ।

बिही-२ की दोर्जेबुढी लामा आफूलाई पनि जबरजस्ती तानेर कुन्साङ डुन्डुपसँग बिहे भएको बताउँछिन्। कुन्साङले उनलाई नौ वर्षअघि ओछ्यानबाट जबरजस्ती तानेर ल्याएका थिए। ‘मलाई अर्कै केटा मन परेको थियो, उसैसँग बिहे गर्ने मन थियो, दोर्जेबुढीले भनिन्, ‘म १५ वर्षकी थिएँ। राति मस्त निद्रामा थिएँ। १२ बजेतिर आठ नौजना केटाहरू आए। बोलाए। जान्न भनेर रोएँ तर आएर समाते। लडिबुडी खेलें। उनीहरूले हातखुट्टा समातेर काँधमा राखेर लगे।’ दोर्जेबुढीका दुई सन्तान छन्।

बुबाआमाले केटातर्फको रक्सी खाएपछि केटाहरूले केटीलाई थाहै नदिई जहाँ भेट्यो, त्यहींबाट तान्न पाउने परम्परा छ। अभिभावक कसैलाई पनि थाहै नदिई केटी तान्ने र लैजाने परम्परा पनि छ। ‘कसैले चाहिँ बुबाआमालाई रक्सी खुवाएर फकाउँछन्। कसैले कसैलाई पनि थाहा नदिई तान्छन्’, पेमाडुन्डुप लामाले सुनाए, ‘बुबाआमाले केटा पक्षको रक्सी खाएर मानिसकेका हुन्छन्। रातमा ८-१० जना केटाहरू जान्छन्। कोही केटी समाउन जान्छन्।

केटी उम्केर भागिन् भने समाउने भनेर कोही केटाहरू घर घेरेर बसेका हुन्छन्। बुबाआमालाई थाहा नदिई केटीलाई तान्नुपर्‌यो भनेचाहिँ धेरै केटाहरू जाने, कोही केटीको बुबाआमा, आफन्तलाई छेक्ने, रोक्ने गर्छन्। कोही केटी तान्न जान्छन्।’ केटी पक्षसँग लडाइँ गर्नुपर्‌यो भने पनि तयारीका साथ जाने चलन रहेको उनले बताए।

उनका अनुसार जबरजस्ती तानेर ल्याएपछि केटीलाई घरभित्र थुनेर राख्ने र भाग्न नदिन घर घेरेर बस्ने पनि चलन छ। ‘जति दिनसम्म माइती पक्ष मान्दैनन्, त्यति दिनसम्म घर पक्षका अभिभावक फकाउन जान्छन्। दुई दिन, तीन दिन, चार दिन जति दिन पनि लाग्न सक्छु, पेमाडुन्डुपले भने, ‘केटी भाग्छिन् भनेर घरभित्र थुनेर राख्ने, भागिन् भने समाउने भनेर घर घेरेर बस्ने पनि गर्छन्।’ जति गर्दा पनि केटी र माइती दुवैले अस्वीकार गरेमा ससम्मान छाडिदिने चलन रहेको उनले बताए।

केटी वा माइतीले मान्न तयार भएमा गाउँले सबैलाई निम्ता गरेर विधिवत् बिहे गर्ने चलन रहेको उनी बताउँछन्। विधिवत् बिहे गर्दा केटा पक्षले केटीलाई मुगाको माला र ४७ ग्राम सुन दिने चलन छ। विधिवत् बिहे भइसकेपछि पनि बस्न नचाहे उपहारको दोब्बर रकम फिर्ता गरेमा छाड्न पाइने व्यवस्था रहेको पेमाडुन्डुप लामाले बताए।

केटीका अभिभावकले रक्सी खाइदिए भने केटापक्ष जुनसुकै बेला केटी तान्न जान पाउँछन्। बाटो हिँडिरहेका बेला, मेलामा काम गरिरहेका बेला, घट्टमा कोदो, मकै पिँध्न गएका बेला जंगलमा गोठालो गएका बेला जहाँ भेट्यो, त्यहीं केटाहरूको समूह आएर तान्छन्’, छेकम्पारकी छिरिङभुटी भन्छिन्, ‘मान्दैमानेनन् भने डोरीले बाँधेर पनि बोकेर लान्छन्।’ लगेको पहिलो रात भने सम्मानपूर्वक राख्ने गर्छन्। भोलिपल्ट फेरि केटीको बुबाआमालाई रक्सी पुर्‌याउन जान्छन्। त्यति बेला सहमति भएपछि मात्र विधिवत् बिहे गरेको ठहर्छ।

चित्त बुझ्दैनबुझे तानेर लगेपछि पनि भाग्ने चलन छ। ‘मनै नपरे त भागिहाल्छु, बिहीकै पेमा डोल्मा भन्छिन्, ‘तानेको भोलिपल्ट केटा पक्षले दिएको सामान ९दाइजो० को दोब्बर सामान फिर्ता गरेमा बिहे अस्वीकार गरेको ठहर्छ। मन परेकी युवतीलाई जहाँ भेट्यो त्यहीं तान्ने परम्पराले गर्दा पढ्ने क्रममा सहर पसेका यहाँका युवतीहरू गाउँ फर्कन डराउँछन्। कामका लागि सहर पुगेका चेलीबेटी पनि गाउँ फर्कन नमान्ने गरेको काठमाडौंमा व्यापार गर्दै आएकी डोल्मा लामा बताउँछिन्।

गोरखा सदरमुकामको महेन्द्र माविमा कक्षा सातको परीक्षा सकेर हालै गाउँ पुगेकी बिही-२ की ङिमाभुटीले भनिन्, ‘गाउँ जान पनि मन लाग्दैन। बाटोमै तान्न आउने हो कि भनेर डर लाग्छ।’ उनी अहिले १३ वर्षकी भइन्। ‘घरमा बस्दा पनि लुकेर बस्छुु, उनले भनिन्।

जबरजस्ती बिहे गर्ने चलन कुसंस्कार हो भन्ने चेतना नयाँ पुस्तामा भने विकास भइसकेको छ। बिहीकी शिक्षिका लुनाले भनिन्, ‘तानेर लगे कुनै हालतमा मान्दैनौं भन्ने कुरा सबैलाई थाहा छ। त्यसैले मलाई तान्ने हिम्मतै गर्दैनन्।’ यो परम्परा हटाउन संगठित भएर लाग्न भने कसैले पहल नगरेको उनले बताइन्। अन्नपूर्ण पोस्टबाट –

Leave a Reply

error: Please Dont Copy My Content!! !!