Thursday, February 25, 2021
Home > समाचार > बिहानै अायो मोदी विरूद्ध सामाजिक सञ्जालमा चर्को विरोध

बिहानै अायो मोदी विरूद्ध सामाजिक सञ्जालमा चर्को विरोध

मोदीको नेपाल भ्रमण दिन आउन अझै ६ दिन बाँकी छ । उनको भ्रमण बिषयलाई लिएर देश बिदेशमा तिब्र बिरोध भैरहेको छ । मोदी नेपाल आउने तयारी भइरहेको बेला युवाहरु सामाजिक संजालमा चर्को बिरोधमा उत्रिएका छन् । विभिन्न राजनीतिक विश्लेषक, बुद्दिजिबि देखि राजनीतिक शक्ति केन्द्रहरु मोदीको बिरोधमा उत्रिएका छन । ३ करोड नेपाली जनतालाई नाकाबन्दी गरेर बिगतमा मोदीले दुख दिएकै कारण यतिबेला देशव्यापी नागरिकहरु आक्रोशित बनेका छन् । बिगतमा नाकाबन्दी गरेर दुख दिने मोदीलाई अपराधी भन्दै चारैतिर बिरोध भैरहेको छ ।

 

आर्को तिर मोदिका कारण नेपालीहरुले बर्षौ देखि सिमा क्षेत्रमा हेपाई भोगी रहेका युवाहरु तिब्र आक्रोश पोखिरहेका छन् । सिमा क्षेत्रमा भारतीय कथित एसएसपीले नागरिकहरुलाई दिइरहेको दर्दनाक पिडाले कुरुर बनेका सिमाबासिहरु मोदीलाई कालो झन्डा देखाउने निश्चित जस्तै छ ।

देश बाहिर बस्ने नेपालीहरुले मोदी आउदा स्वागत नगरेर कालो झन्डा देखाउन देशवासीलाई आग्रह गरेका छन् । युएईमा रोजगारवाला एक प्रखर लेखक तथा पत्रकार बुद्दिजिबि मेघराज सापकोटाले भनेका छन् ‘३ करोड़ नेपाली जनतालाई नाकबन्दी लगाउने मोदी मानबता बिहीन अपराधी हुन् । यिनलाई स्वागत गर्नै हैन कालो झण्डा देखाऔं ।

नेपाल पत्रकार महासंघ शाखा युएईका सचिव समेत रहेका सापकोटाले सरकारलाई स्वागत गर्ने बाध्यता होला तर (जनस्तरमा) जनता र कार्यकर्तालाई कुनै बाध्यता छैन, भन्दै कालो झण्डा देखाएर भ्रमणको बिरोध गर्न आग्रह गरेका छन् ।

सापकोटाले कान्तिपुर दैनिकमा लेख्छन ।

यसरि मोदी भ्रमण नजिकिँदै गर्दा सामाजिक संजालमा भ्रमणको बिरोध तिब्र भैरहेको छ ।

विप्लब माओबादीले मोदीको भ्रमणलाइ राष्ट्रघात भन्दै बिज्ञप्ति मार्फत बिरोध जनाएको छ । बैद्य माओबादीले पनि मोदीलाई कालोमोसो दल्ने भन्दै सिपि गजुरेलले दिएको अभिव्यक्ति चर्चामा रहेको छ ।

ग्रेटर नेपालले पनि मोदीको नेपाल भ्रमणलाइ बिरोध जनाएको छ । मोदी पशु हो यसलाई सम्मान होइन घाँस हाल्नु पर्छ भन्दै तिब्र बिरोध र्याली गरेको छ । देशको सीमाक्षेत्रको भु-भाग कब्जा गर्ने प्रम नरेन्द्र मोदी हुन भन्दै फणिन्द्र नेपालले कडा चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *