बैसाख – ११, भोजपुर । नेपाल सरकारले ब्यवसायीहरूकाे हालीमुहाली रोक्न सेन्डिकेट खारेज गरेपछि सिन्डिकेटको पक्ष लिँदै गाडी बन्द गर्ने चारजना यातायात व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले शुक्रबार चारजना यातायात व्यावसायीलाई पक्राउ हिरासतमा लिएको हो । पक्राउ पर्नेमा संयुक्त बस व्यावसायी संघका अध्यक्ष गोपाल मोक्तान, सचिव पाण्डव राई समातिएका छन ।
त्यस्तै सगरमाथा ट्याक्सी व्यावसायी संघका अध्यक्ष राजन राई र कोषाध्यक्ष अर्जुन तामाङलार्इ पनि प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गर्न लागेकाे छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको प्रहरी निरिक्षक चरित्रबिक्रम कार्कीले जानकारी दिएका छन् ।