Thursday, May 6, 2021
Home > समाचार > बाम एकतामा शंका नगर्न प्रचण्डले दिए कार्यकर्तालाई यस्तो निर्देशन!

बाम एकतामा शंका नगर्न प्रचण्डले दिए कार्यकर्तालाई यस्तो निर्देशन!

पार्टी एकता निश्चित रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक–अर्काप्रतिको पूर्वाग्रह त्याग्न माओवादी र एमालेका कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।  कार्ल माक्र्सको दुई सयौं स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले चुनावी सहकार्यले विश्वासको वातावरण बनाए पनि दुई दलका कार्यकर्ताबीच कहीँ–कतै तिक्तता रहे अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको हो ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सकरात्मक छलफलले दुई पार्टीबीच बलियो समझदारी निर्माणको आधार तय गरेको दावी गर्नुभएका अध्यक्ष दाहालले कार्यकर्ताबीच हार्दिक सम्बन्ध नरहे एकता सार्थक नहुने बताउनु भयो ।

एकीकृत कम्यूनिष्ट पार्टी गठनसँगै नेपाली वाम आन्दोलन नयाँ शिराबाट अगाडि बढ्ने दावी गर्नुभएका अध्यक्ष दाहालले माक्र्स र लेनिनको सिद्धान्त पछ्याउने अन्य वामपन्थी दललाई पनि एकतामा आउन आग्रह गर्नुभएको थियो ।

Leave a Reply