Friday, March 5, 2021
Home > समाचार > मोदी विरूद्ध गुप्तचारकाे अाशंकामा जनकपुरबाट समातिए एक व्यक्ति

मोदी विरूद्ध गुप्तचारकाे अाशंकामा जनकपुरबाट समातिए एक व्यक्ति

बैसाख – २१, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा भारतीय उच्च सुरक्षा अधिकारी जनकपुरमा सक्रिय भएका छन् । उनीहरु मोदीको स्वागत तथा सुरक्षा अवस्था प्रति केन्द्रित छन् । मोदीको सुरक्षा सर्तकतालाई मध्य नजगर गर्दै भारतीय उच्च सुरक्षा अधिकारी सक्रिय भएको अवस्थामा नेपाल प्रहरीले गुप्तचरको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

गृह मन्त्री रामबहादुर थापा बादल मोदीको स्वागत तथा सुरक्षा तयारी कडा पर्न स्थलगत अवलोकनको लागि जनकपुर आएका समयमा निकै सक्रिय देखिएका जीवन साहलाई जनकपुरको किशोरी नगरबाट नेपाल प्रहरीले आशंकाको आधारमा नियन्त्रणमा राखेका छन् ।

गृह मन्त्री थापाको अनुगमनको क्रममा साह सम्पूर्ण कार्यक्रममा सहभागि भएका थिए । प्रहरी नियन्त्रणमा रहेको साहसंग दुई वटा पासपोर्ट, मोबाईल, विभिन्न कागजातहरु फेला परेको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले साहको विवरण गोप्य राखेर अनुसन्धान गरिरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *