Saturday, March 6, 2021
Home > समाचार > मोदीको नेपाल भ्रमण अगावै किन अाए थाइल्याण्डका सेना प्रमुख नेपाल?

मोदीको नेपाल भ्रमण अगावै किन अाए थाइल्याण्डका सेना प्रमुख नेपाल?

काठमाडौँ, १९ बैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ४ दिने नेपाल भ्रमणमा मित्रराष्ट्र थाईल्याण्डको रोयल थाई आर्म्ड फोर्सका जेनेरल तार्नचाइयान श्रीसुवान नेपाल आएका छन् । श्रीसुवान बुधबार काठमाडौँ आई पुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । जेनेरल श्रीसुवानले बुधबार नै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका छन् ।

त्यस्तै, जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो । साथै प्रधानसेनापति क्षत्री र जेनेरल श्रीसुवानबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो । सोहि अवसरमा उनलाई जंगी अड्डामा आयोजित छुट्टै कार्यक्रममा नेपाली सेना सम्बन्धी विविध विषयमा प्रस्तुतिकरण गरिएको थियोे ।

भ्रमणको दौरान उनले पोखरा, लुम्बिनीलगायत अन्य केहि पर्यटकिय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । साथै उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *