Saturday, February 27, 2021
Home > समाचार > अोलीले मोदिलार्इ नेपालकै बाह्रबिघा मैदानमै अभिनन्दन गर्ने यस्तो छ कारण!

अोलीले मोदिलार्इ नेपालकै बाह्रबिघा मैदानमै अभिनन्दन गर्ने यस्तो छ कारण!

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गर्ने भएका छन् । यही वैशाख २८ गते भारतबाट सीधै जनकपुर आउन लागेका मोदीलाई त्यही दिन प्रधामन्त्री ओलीले अभिनन्दन गर्ने भएका हुन् । भारतीय सेनाका तीनवटा हेलिकोप्टर र सुरक्षाकर्मीसहित नेपाल आउन लागेका मोदीले वैशाख २८ गते जनकपुरस्थित जानकी मन्दिरको पनि दर्शन गर्ने भएका छन् ।

मोदीको भ्रमणको सुरक्षा तयारीबारे बुझ्न मंगलबार सुरक्षा प्रमुखहरुसहित जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मोदीको भ्रमण तयारी बारेमा जानकारी दिएका हुन् । ‘मोदीको स्वागतको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन दुई नम्बर प्रदेश सरकारले गर्छ, केन्द्र सरकारले समन्वयको भूमिका निर्वाह गर्छ’, गृहमन्त्री थापाले भने, ‘पटनाबाट सोझै जनकपुर आएपछि बाह्रबिघा मैदानमा मोदीलाई स्वागत र अभिनन्दन गर्ने कार्यक्रम तय भइसकेको छ ।

’मोदीको यो भ्रमणलाई गृहमन्त्री थापाले विशुद्ध धार्मिक भ्रमणका रुपमा रहने बताएका छन् । ‘भारतीय प्रधानमन्त्री मोदी यो पटक धार्मिक भ्रमणमा आउन लाग्नुभएको हो’, थापाले भने, ‘यस भ्रमणले दुई देशबीचको सदियौँदेखिको सामाजिक, धार्मिक सम्बन्धलाई अझै मजबुत बनाउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *