Sunday, June 20, 2021
Home > अपराध > महेन्द्रनगरबाट अायो यस्तो पत्याउनै नसकिने दुःखद खबर

महेन्द्रनगरबाट अायो यस्तो पत्याउनै नसकिने दुःखद खबर

महेन्द्रनगर, धनुषा, चैत २६ गते । धनुषाकाे धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । (रासस)

Leave a Reply

error: Please Dont Copy My Content!! !!