एक दृश्य भारतिय प्रधानमन्त्री माेदीकाे स्वागतका लागि एयरपोर्ट देखि साेल्टी हाेटल सम्मकाे रंगरोगन गर्दै गरेकाे अर्को अाम सर्वसाधारण हिंडिरहेकाे चाबहिल, जाेरपाटीकाे दृश्य कती फरक छ । समय मात्र केही फरक हाेला दिन एकै हाे ठाउँमा अाेर-पर हाेला हाे काठमाडौं नै एकातिर सडक धाेएर सफा रंगरोगन गरिदैछ अर्कोतिर धान राेप्ने खेत हाे कि गाडी कुदाउने सडक छुट्याउन गाह्रो छ ।
हाे विदेशी पाउनालाई स्वागत गरिनुपर्छ सम्मान गरिनुपर्छ सम्मान र स्वागतमा कुनै प्रकारको कन्जुस्याइँ गरिनु हुदैन तर एक दिन अाउने पाउनाका लागि सडक पखाल्ने देखि रंगरोगन गर्ने तर हरदिन रहपल हरक्षण हिंड्ने जनतातिर मात्र चुनावकाे बेला हेर्ने परिपाटी कहिलेसम्म सरकार ?
भुकम्पले थिलाथिला भएकाे देश माथि अमानवीय नाकाबन्दी गर्ने भारतीय प्रधानमन्त्रीको स्वागत नेपाली जनताकाे जीवन भन्दा माथि कसरी हुन पुग्याे सरकार ? एक दिन अाउने विदेशीका लागि रंगिएका सडकले हरदिनकाे लाज ढाेक्छ र सरकार ? दुश्मनलाई कसरी स्वागत गर्नुपर्छ भन्ने उदाहरण देखाएकाे हाे कि लम्पसारवादकाे पराकाष्ठा देखाएकाे ? करोडौं जनताकाे राेजिराेटी बन्द गर्ने दुष्ट पापीहरूकाे स्वागतका लागि याे तामझाम सर्वसाधारण जनता हिलाम्मे देख्दा नाकाबन्दीकाे बेला अाधा पेट खाएर बाँचेका अाम जनताले के साेच्ने जनताको सरकार कि भारतिय बफादार ?
काठमाडौंमा एकैदिनमा देखिएका केहि दृश्यहरू एकातिर भारतीय प्रधानमन्त्री हिंड्ने बाटाे अर्कोतिर सर्वसाधारण हिंड्दैगरेकाे ।
तस्विरः रातोपाटी र लोकान्तरबाट ।