मोरङ । मोरङको सुन्दरहरैचा ठडीया चौकमा माइक्रोबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । झापाको भद्रपुरबाट काठमाडौं जादै गरेको बा ४ख ६९१९ नम्बरको माइक्रो बस सोमबार दुर्घटना हुँदा झापा भद्रपुर १५ की ५१वर्षिया उमा निरौला सोही ठाउँकी ५२ वर्षिय श्याम कार्कीको उपचारका लागि विराटनगर तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परि घाईते भएका माइक्रो चालक दमक ५का धिरज न्यौपाने र सहचालक धनुषाका दिपक पाण्डे लगायतका अन्य घाइतेहरुको विराटनगरको गोल्डेन अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचार भई रहेको जनाइएको छ ।
तिव्र गतिमा रहेको माइक्रो अनियन्त्रित भई रुखमा ठोक्किदा दुर्घटना भएको हो ।