Monday, March 1, 2021
Home > समाचार > चीनलाई खुसी बनाउन ओलीले दिए चार वटा गैंडा उपहार !

चीनलाई खुसी बनाउन ओलीले दिए चार वटा गैंडा उपहार !

चीनलाई खुसी बनाउन ओलीले दिए चार वटा गैंडा उपहार ! Rhinoceros Gifted to China video

एलिना कार्की, काठमाडौँ । देशमा रोजगारीको अवसर नभएको बताउँदै लाखौँ नेपाली युवा विदेशी भूमिमा कडा परिश्रम गरिरहेका छन् । खाडीको तातो घाममा जोखिमपूर्ण काम गर्न पुगेका कतिपय त लगानी समेत उठान नसकी पर्केका उदाहरण पनि छन् । नेपालमा अवसरै छैन् भन्नेहरूका लागि पप्पु साह र राहुल साहले गतिलो जवाफ दिएका छन् ।

भारतको मोतीहारी घर भई काठमाडौँको पुरानो बानेश्वरस्थित भीमसेनगोला उकालोमा पानीपुरी, चटपटे पसल गर्दै आएका पप्पु र राहुलले मासिक डेढलाखको कारोबार गर्दै आएका छन् । दैनिक पाँच हजारको कारोवार हुन्छ, जसमा तीन हजार नाफा हुन्छ अर्थात महिनामा ९० हजार नाफा कमाउँछन् । उनीहरूले साडे चार हजारको सटर भाडामा लिएका छन् । बिहान ५ बजेदेखि आवश्यक सामाग्री जुटाउन लाग्छन् । बिहान १० बजेदेखि राति ८ः३० बजेसम्म पसल खोल्छन् । ११ बर्षदेखि पानीपुरी–चटपटे पसल गर्दै आएका उनीहरूको औपचारिक शिक्षा भने ६ कक्षासम्मको मात्रै छ । सुरुमा ठेलागाडाबाट व्यापार गरेका उनीहरूले ५ वर्ष अघि सटर भाडामा लिएर काम थाले । भिमसेनगोला उकालोमा पप्पु चाट पसल चर्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *