Monday, July 12, 2021
Home > अपराध > फेसबुकमा जथाभावी लेख्दै हुनुहुन्छ? अब यस्तो सजाय भोग्नु पर्ने भो

फेसबुकमा जथाभावी लेख्दै हुनुहुन्छ? अब यस्तो सजाय भोग्नु पर्ने भो

फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच वर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै ती व्यक्तिलाई पाँच वर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्न्धीब एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ । विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी हुनुभएको छ ।

उहाँले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाउनु भएको थियो ।‘उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ’, बहारीका वकील अन्डी कोमाराले भन्नुभयो । उहाँले थप्नुभयो, ‘हामीले यस फैसलाको पुनरावलोकन गराउने छाँै, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।’

कारबाहीमा पर्नु भएका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुनुहुन्छ ।– रासस

Leave a Reply

error: Please Dont Copy My Content!! !!