Sunday, June 20, 2021
Home > समाचार > कन्चनपुर बाट आयो भर्खरै दुखद घटनाको खबर !!

कन्चनपुर बाट आयो भर्खरै दुखद घटनाको खबर !!

कञ्चनपुर । कञ्चनपुरको कलुवापुर बेलौरी सडक खण्डको बन्साहामा सोमबार म १ ख ६४५ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय झलारीका अनुसार घाइते हुनेमा बेदकोट नगरपालिका ६ का मुनि राना, सोही नगरपालिका–२ का दैजीका जानकी जोशी,

शान्तिपुरका लक्ष्मी राना, राधिका राना, धना सेठी सुवेदी, उपासना जोशी, शुक्लाफाँटा नगरपालिकाका उद्धव सिंह रावल, नन्दा भट्ट, बेलौरीका गणेश राना, लालझाडी–६ का राजकुमारी चौधरी र महाकाली नगरपालिकाका झुपा भण्डारी घाइते भएका छन् ।

यस्तै कैलाली अत्तरियाका लोकेन्द्र जोशी, लक्ष्मण भट्ट, डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने जित विष्ट, गणेश कँुवर र धन सिंह कुँवर घाईते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको झलारीस्थित निजी मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउँदले बताए । घाइतेहरु सामान्य रहेको बताइएको छ । dcnepal बाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!