Wednesday, November 30, 2022
Home > समाचार > महामन्त्री सिंह : मोदी नेपालका मित्र होइनन्, त्यसैले स्वागत नगरौं

महामन्त्री सिंह : मोदी नेपालका मित्र होइनन्, त्यसैले स्वागत नगरौं

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ ।मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति निकाल्दै भनेका छन्, ‘हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।’

नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दवाव दिएको, नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको नेपाल माथि ज्याजति गदै आईरहेको राष्ट्र घातिलाई मसालले स्वागत गर्न ईन्कार गरेको छ ।

त्यसैले मसालको विज्ञप्तिमा लेखिएको छ, ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्दछौं ।’मोदीको नेपाल भ्रमणको उद्देश्य विस्तारवादी नीति अन्तर्गत नै हुन लागेको मसालको ठहर छ ।

मोदी वैशाख अन्तिम साता नेपाल आउने तयारीमा छन् तर सरकारले भ्रमणको कार्यसूची सार्वजनिक गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि ठोस एजेण्डाविना मोदी नेपाल आउन खोज्नुले बिभिन्न शंका उब्जाएको कुटनीतिक क्षेत्रका जानकारले बताएका छन् ।जनबोली बाट

Leave a Reply