Wednesday, December 8, 2021
Home > समाचार > भर्खरै नेपालले भारतिय ज़मीन कब्जा गर्यो भन्दै भारतमा मच्चीयो हंगामा

भर्खरै नेपालले भारतिय ज़मीन कब्जा गर्यो भन्दै भारतमा मच्चीयो हंगामा

काठमाडाैँ । भारतले नेपालको सिमा बारम्बार मिच्दै आएको छ । अहिले पनि भारतको हस्तक्षेप जारी नै छ । यही क्रममा कञ्चनपुरको पुनर्वासमा फेरि भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको छ ।पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तरबार नेपालले लगाउन खोजेका थिए । नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तरबार भारतीय पक्षले निकालेर फालिदिएको छ ।यसरी नेपाललाई भारतले ज्यदती गरिहेको छ । तर भारतीय मिडियाहरूले भारतको भूमि नेपाले मिच्यो भनेर समाचार लेखेको छ ।

भारतीय कुन मिडियाले के लेख्यो ?

कञ्चनपुरको पुनर्वासमा पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तरबार लगाउन खोजेका थिए तर भारतीय सीमा सुरक्षा बल (एसएसबी) फालेको थियो । तर उल्टै भारतको भूमि नेपालले मिच्यो भनेर समाचार बनाएको छ । भारतीय मिडिया ‘अमर उजाला‘ हेडलाईनमा ‘भारतीय जमिन पर नेपालियों ने किया कब्जे का प्रयास’ (भारतीय भूमिमा नेपालीले कब्जा गर्न खाेज्याे ) भनेर लेखेको छ ।

‘अमर उजाला‘ले भारत-नेपाल सीमामा, नेपाली नागरिकले स्तम्भ सङ्ख्या १९४ का पुल नजिकैको भारतीय भूमि कब्जा गर्न खोजे, तर एसएसबीले उनीहरूको प्रयासलाई ध्वस्त पारे। बिस्तारै, नेपाल सभाको ठुलो सङ्ख्या स्थानमा सुरु भयो र मुद्दा समात्न थाले। नेपाली भीडलाई हेर्दै एसएसबीले उच्च अधिकारीलाई जानकारी दिए। भनेर समाचार लेखेको छ ।

अर्को भारतीय मिडिया ‘प्रभात खबर‘ले ‘पालियों ने की भारतीय जमिन पर कब्जे की कोसिस, हुई झड़प’ (नेपालले भारतीय भूमि कब्जा गर्न खोज्दा झडप) भनेर समाचार लेखेको छ ।‘प्रभात खबर‘ले भारत नेपाल सीमामा नेपाली नागरिकहरूले फेरि बिहीबार हिन्दु भूमि कब्जा गर्न खोजे पछि त्यहाँ झडप भयो । यद्यपि एसएसबीले उनीहरूको प्रयास ध्वस्त पारे।जानकारीको अनुसार, बिहीबार, अन्तर्राष्ट्रिय पेलर नम्बर १९८ क्यामेरा ब्रिजको नजिकै, नेपाली नागरिकहरूले भारतीय मिट्टीमा विद्युत् तारको साथ बार्न सुरु गरे। नेपाली सीमा बाहिर विद्युत् तार लगाएको रोक्न खोज्दा ए विवाद पछि सुरु भयो।, भनेर समाचार लेखेको छ ।

अर्को भारतीय मिडिया ‘एपिएन‘ लेख्छ नेपालीहरूले भारतीय भूमि कब्जा गर्न खोजे, सेना असफल भयो नेपालियों ने किया भारतीय जमिन पर कब्जा करने का प्रयास, सेना ने किया नाकमा भनेर समाचार लेखेको छ ।एपिएनले नेपाली नागरिकहरूले बिहीबार भारतीय भूमि कब्जा गर्न खोजे तर एसएसबीले यो प्रयास असफल पारे। भनेर समाचारको लिडमा लेखेको छ ।

पुर्नवासमा के भएको थियो ?

पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तरबार लगाउन खोजेका थिए । नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तरबार भारतीय पक्षले निकालेर फालिदिएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट सयौँको सङ्ख्यामा आएका सुरक्षाकर्मीले नेपाली पक्षले लगाएको तरबार निकालेर फालेको हो । पुनर्वास नगरपालिका–९ बीचफाँटामा स्थानीयले आठ–आठ हजार रुपैयाँ उठाएर नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तरबार लगाउन थालेका थिए । २९ सय मिटरसम्म तरबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन खोज्दा एसएसबीले एक्कासि अवरोध गरेको हो ।

सीमा क्षेत्रमा कुनै विबाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरी विबाद सुल्झाउने कुटनीतिक बाटो नगई भारत पटक पटक नेपालको सीमा मिच्दै आएको छ । भारतीयको दादागिरी र हेपाहा प्रबृतीकै कारण बिवाद देखिएको धेरै स्थानको समस्या समाधन हुन सकेको छैन् ।पुनर्वास नगरपालिका ९ बीचफाँटामा नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तारबार लगाउन लागेको हाे । २९ सय मिटरसम्म तारबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन लागेका बेला एसएसबीले अबरोध गरेको हो । स्थानीयले ८/८ हजार रकम उठाएर तारबार लगाउन थालेका हुन् ।

आकाश पनि भारतीय अतिक्रमण

नेपालको जमिनमा मात्रै होइन आकाश पनि भारतीय अतिक्रमणबाट मुक्त छैन । नेपाल आउने जहाजका लागि थप रुट दिन भारतले लामो समयदेखि आनाकानी गर्दै आएको छ । नेपालले चाहेको रुटबाट जहाजहरू नेपाल आउँन अनुमति नदिँदा नेपाली आकाशमै लामो समय विमान होल्ड गरी राख्नु पर्ने अवस्था छ भने कतिपय अवस्था भारतको कलकत्ता एयरपोर्ट लगेर ल्याण्ड गर्नुपर्ने अवस्था छ ।नेपाल र भारतबिच ०६६ मा वार्ता भएदेखि नै नेपालले थप हवाई रुटको माग गर्दै आउँको छ । यदि नेपालले भने जस्तो हवाई रुट खुल्न सकेमा खाडी मुलुकबाट नेपालमा हुने उडानको दुरी छोटिने छ, भने भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ । सात वर्षपछि हुन वार्ताका भए पनि यसबारे अझै ठोस निकर्ष निस्किएको छैन ।

कहिलेसम्म सहने यो अत्याचार ?

बषौँदेखि भारतको हेपाहा र मिचाहा प्रवृत्तिबाट प्रताडित छ नेपाल । यो सत्य हो । सिमानामा भारतीय सुरक्षा बलको दमनकारी प्रवृत्ति उस्तै छ ।२०७३ फागुनमा कञ्चनपुरको पुनर्वास ८ मा कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गौतम मारिए । सो घटनापछि पनि सीमावर्ती क्षेत्रमा भारतीय पक्षको ज्यादती घटेन । त्यसपछि पनि बारम्बार सीमामा भारतीय पक्षको दमन चलिरह्यो ।

नेपाल भारत बिचको सीमा विवादले वषौँदेखि पीडित छन् नागरिक । हरेक पटक भारतले नेपाललाई सिमानाको विषयमा थिचोमीचिो गर्दै आएको छ । नेपालीहरूले सीमाको विषयमा आवाज उठाउँदा भारतीय पक्षले नेपालीहरूमाथि बल समेत प्रयोग गरेको दुखद उदाहरणहरू छन् । तर अहिलेसम्म सिमानाको विषय विवादित र अन्योल छ ।सीमाङ्कनका लागि पिल्लर गाडिएका छन् । तर ती पिल्लर निश्चित सीमामा छैनन् । धेरै स्थानका सीमा ढालिएको छ भने कति हराइसकेका छन् । यही विषयमा जनताले बारम्बार गुहार्नुपरेको छ आफ्नै देशलाई, तर देश सुन्दैन । आफ्नो देशको भूगोल बचाउन नागरिक सीमामा लड्नुपर्ने मर्नुपर्र्नेे, यो कस्तो विडम्बना ।

न्युज २४ नेपाल बाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!