Saturday, March 6, 2021
Home > अपराध > ३३ किलो सुन काण्डबाट जोगिन एसएसपी लोहानीले उठाए नयाँ कदम, कुरा पुग्यो पूर्वगृहमन्त्रीसम्म

३३ किलो सुन काण्डबाट जोगिन एसएसपी लोहानीले उठाए नयाँ कदम, कुरा पुग्यो पूर्वगृहमन्त्रीसम्म

काठमाडौं, १७ वैशाख । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका डिएसपी प्रजित केसी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय मोरङले केसीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरी अनुसन्धान थालेको छ । टोलीमा रहेका सई बालकृष्ण सञ्जेल पनि प्रहरी थुनामा छन् ।

तर, उनीहरूलाई विराटनगर पठाउने र घटनाको कमाण्ड गरेका अपराध महाशाखा काठमाडौंका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी प्रहरी प्रधान कार्यालय तानिए पनि पक्राउ परेका छैनन् ।

डिएसपी केसीको बयानपछि एसएसपी लोहनी पनि अब पक्राउ पर्ने संभावना बढेर गएको स्रोतले जनाएको छ । किनकी यो प्रकरणमा तल्लो प्रहरीले आफूभन्दा माथिल्लो प्रहरी अधिकारीको आदेश पालना गरेको हुँदा डिएसपी केसीपछि एसएसपी लोहनी पक्राउ पर्ने अवस्था देखिएको छानविन समितिका एक सदस्यले बताए ।

पक्राउ पर्ने डरले एसएसपी लोहनी भने माओवादीका नेताहरूमार्फत समितिलाई दबाब दिन थालेका छन् । लोहनीले एक भिआईपी दलाललाई प्रयोग गरी पूर्व गृहमन्त्री जनार्दन शर्मामार्फत गृहमन्त्री रामवहादुर थापालाई दबाब दिन थालेको स्रोतले जनाएको छ ।

लोहनीले आफ्नो मातहतका प्रमुख पूर्वएआइजी जयबहादुर चन्दलाई नसोधीसिधै तत्कालीन आईजीपी प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डिएसपी केसी नेतृत्वको टोली विराटनगर पठाएका थिए ।

जसका कारण अन्तिममा आदेश दिने तत्कालीन आईजीपी प्रकाश अर्याल पनि शंकाको घेरामा परेका छन् । एसएसपी लोहनीले सुरुमा समिति समक्ष बयानका क्रममा अर्यालकै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका थिए ।

महाशाखाबाट विराटनगर पुगेको टोलीले धरान पुगेर स्कारपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गरेको थियो । तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद र ठूलो आर्थिक चलखेलका रुपमा हेरिएको छ । गत माघ नौ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब भएको थियो ।

मुख्य तस्कर ‘गोरे’ भन्ने चुडामणि उप्रती फरार छन् । प्रहरीले नै गोरे भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रुपमा दबाउने उद्देश्यले प्रहरीले सहजीकरण गरेको आरोप छानबिन समितिको छ ।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डिआइजी गोविन्द निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डिएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो ।

खत्री फरार छन् भने हत्या र तस्करीमा संलग्न नरहेका तर, ‘गोरे’सँग फोन कनेक्सन रहेको आधारमा निरौला र खनाल अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *