बाजुरा : शक्ति देखाउने भनेर कर्णलीमा हामफालेका दुई झाक्री मध्ये एकको निधन भएको छ भने एक वेपत्ता भएका छन् । नदिमा हामफाल्नेमा जगन्नाथ गाँउपालिका–१ का ६१ वर्षीय मान सिंह बिष्ट सोही ठाउँका ५३ वर्षीय जयबहादुर बिष्ट रहेकाछन । स्थानीयले बताए अनुसार उनीहरु स्थानीयलाई शक्ति देखाउन भनी आइतबार बिहान नदिमा हामफालेका थिए ।
नदिमा हाम फालेका मध्ये मान सिंह बिष्टको शव फेला परेको र जयबहादुर हराइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
श्रोतः दैनिक नेपालबाट ।