Tuesday, March 2, 2021
Home > जीवनशैली > रक्सीले सेकेन्ड मै इज्जत सखाप पार्नेहरू… हट तस्विरहरूमा हेर्नुहाेस

रक्सीले सेकेन्ड मै इज्जत सखाप पार्नेहरू… हट तस्विरहरूमा हेर्नुहाेस

काठमाडौँ । रक्सी सेवनले जीवनमा ठूलो हानि पु¥याइरहेका हुन्छन् । धेरै मीहेनत गरेर कमाएको इज्जत सेकेन्ड मै सखाप पार्ने रक्सी पर्दाथले जीवनमा अशान्ति निम्त्याउँछ । यसको सेवनले रोगको सिकार बन्न पुग्छ । रक्सी सेवन गर्न छोड्दा पैसा जोगिनुको साथै स्वास्थ्यमा एकदमै फाइदा पुग्छ । एक राम्रो व्यक्तिको रुपमा हेरिन्छ । मानसम्माा पाइन्छ । बेलायतको सार्वजनिक स्वास्थ्य सेवा (एनएचएस)ले रक्सी पिउन कम गर्दा

 

वा छोड्दा मानवशरीरमा सकारात्मक परिवर्तन आउने खुलासा गरेका छन् । रक्सी सेवन गर्न छोडेपछि बिहान उठ्दा आनन्द महसुस हुने, दिनमा कम थकान हुने, शारीरिक तन्दुरुस्ती महसुस गर्ने र तौल बढ्न रोकिने वा तौल कम हुँदै जानेलगायत अनेकौं फाइदाको सूची (एनएचएस)ले तयार पारेको छ।

रक्सी पिउँदा तुरुन्त निन्द्रा आउनुका साथै पहिलो चरणमा यो गहिरो पनि हुन्छ। तर दोस्रो चरणको निन्द्रा हाम्रो शरीरलाई चाहिएअनुसारको गहिरो हुँदैन भन्ने २०१३ मा रक्सीको असरका विषयमा अल्कोहोलिज्मु जर्नलमा एउटा रिपोर्ट छापिएको थियो। एनएचएसका अनुसार जो व्यक्ति धेरै रक्सी सेवन गर्छ उसलाई संक्रामक रोगले धेरै छिटो आक्रमण गर्छ।अमेरिकाको नेसनल इन्टिट्यूट अफ अल्कोहल एब्युज एण्ड एल्कोहोहिज्मको रिर्पोटअनुसार रक्सी सेवन गरेको २४ घण्टासम्म पनि शरीरमा साइटोकिन हाम्रो शरीरलाई चाहिनेभन्दा अति न्यून मात्रामा उत्पादन हुन्छ।

 

तनाव, निराशा, दुस्खी महसुस गरिरहेको बेलामा राम्रो मूड बनाउन रक्सीको मात्रा घटाउनुभन्दा दोस्रो विकल्प नहुने एनएचएसले बताएको छ। सुन्दर छाला सुन्दर त्वचा कसलाई मनपर्दैन होला र। यसले छालालाई सुख्खा बनाउँछ र विस्तारै छाला खराब बनाउँछ। त्यसैले त रक्सी पिउने मानिसहरू वास्तविकभन्दा बढी उमेरका देखिन्छन्। रक्सी छोडेको केही समयमा नै हाम्रो छालामा परिवर्तन आउन थाल्छ र त्वचा सुन्दर देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *