Tuesday, January 18, 2022
Home > समाचार > पोखरा महानगरका कर्मचारी घुस लिदा लिदै रंगेहात, गण्डकी छड्केको बिशेष ‘स्टिङ अपरेशन’ (भिडियो सहीत)

पोखरा महानगरका कर्मचारी घुस लिदा लिदै रंगेहात, गण्डकी छड्केको बिशेष ‘स्टिङ अपरेशन’ (भिडियो सहीत)

पोखरा महानगरका एक कर्मचारी घुस लिदै गर्दा रंगेहात फेला परेका छन । घुस मागेको भन्ने बिषयमा पोखराका एक सेवाग्राहीको सुचना आएपछी गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले ति कर्मचारी माथी ‘स्टिङ अपरेशन’ गरेको थियो । अपरेशन पश्चात महानगरका भिमराज शाही रंगेहात फेला परेका हुन । गण्डकी छड्केले जुटाएका सम्पुर्ण प्रमाणहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा बुझाइएको छ । अख्तियारले उनलाई पक्राउ गरी म्याद थप गरी थप अनुसन्धान गरीरहेको छ ।

पोखराका एक सेवाग्राहीको काम गरीदिने भन्दै उनले ६ हजार रुपैया घुस मागेका थिए । घुस रकम सानो देखिएपनी फाइल खोजिदिएको बापत मात्रै ६ हजार माग्नु सानो रकम थिएन । रंगेहात फेला परेपछी उनले एक दिनमा ५० वटा फाइलहरु खोज्ने गरेको बताएका छन । गण्डकी टेलिभिजनका लागी अपिल त्रिपाठीले संचालन गर्ने गण्डकी छड्केको बिशेष ‘स्टिङ अपरेशन’ तलको भिडियोमा हर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!