Monday, January 24, 2022
Home > समाचार > गलबन्दीको पासो लगाएर ट्याक्सी चालकमाथि यात्रुद्वारा नै हत्याको प्रयास (भिडियोसहित)

गलबन्दीको पासो लगाएर ट्याक्सी चालकमाथि यात्रुद्वारा नै हत्याको प्रयास (भिडियोसहित)

चैत ११ गते सोमबारको दिन बनस्थलीका ट्याक्सी चालक बुद्धि बहादुर गुरुङ रातको दुइ बजे अज्ञात समुहको आक्रमणद्वारा घाइते भएका छन्। गुरुङको ट्याक्सीमा ठमेल, जोरपाटी र महाकालबाट साथी भन्दै चढेको ३ जना युवाहरुले उनलाई आक्रमण गरेका हुन्।

गुरुङलाई ३ युवाले महाकालबाट भित्र सुनसान ठाउँमा लगेर ट्याक्सी रोक्न लगाई पछाडी बसेका २ युवाहरुले गलबन्दीले उनको घाँटीमा थिचेर ट्याक्सीको चाबी थुत्नेर आक्रमण गरेका हुन्। अज्ञात समुहले गुरुङलाई कुटपिट गरि ट्याक्सीको चाबी र नगद लुटेर भागेका थिए। उनले बौद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन्। अहिले प्रहरीले अज्ञात समुहको खोजि गरिरहेको प्रहरीले बताए। बाँकि हेर्नुहोस भिडियोमा :

Leave a Reply

error: Please Dont Copy My Content!! !!