Sunday, September 20, 2020
Home > समाचार > कतै पार लागेन भने यहाँ आउनुहोस क्यान्सरदेखि एचआइभीसम्मको उपचार गर्छु सुब्बा (भिडियो)

कतै पार लागेन भने यहाँ आउनुहोस क्यान्सरदेखि एचआइभीसम्मको उपचार गर्छु सुब्बा (भिडियो)

काठमाडौ। ललितपुरको नख्खीपोटमा रहेको ग्रीन वेल्थ इन्डस्ट्रिजका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुले अहिलेसम्म एचआइभी, क्यान्सर, प्यारालाइसीस पत्थरी जस्ता विभिन्न रोगहरुको उपचार गर्दै आइरहेका छन्।

उनि डाक्टर भने होइन उनि एक अनुसन्धान कर्ता हुन्। अस्पताल जति धाउदा पनि निको नभएका बिरामीहरुलाई उपचार गरिसकेका उनले दाबी गरेका छन् । उनले साइकोलोजी मार्फत बिरामीले सपनामा के देखेको छ समेत भन्न सक्छन। उनले क्यान्सर देखि एचआइभी, क्यान्सर, प्यारालाइसीस, पत्थरी जस्ता रोगको उपचारका लागि बजारमा रहेको औषधि प्रयोग गर्दैनन्। उनि आफै आयुर्बेद पद्दतिबाट औषधि बनाई बिरामीको उपचार गर्ने गर्छन।

डाक्टरले अब ३ दिनसम्म नि बाच्दैन भन्ने बिरामीलाई समेत उनले निको पारेका छन्। उनले एक बिरामीसंग महिनाको ४५ हजारसम्म लिन्छन। बिरामीले उनको औषधि १० महिनासम्म खाएमा क्यान्सर निको हुने उनले दाबी गरेका छन्। उनले दीन दुखि जो आर्थिक रुपमा पुरै कम्जोर छन्। त्यस्ता बिरामीलाई उनले नि:शुल्क उपचार पनि गरेका छन्।

सुब्बा भन्छन ‘नेपाल सम्पदाले भरिपूर्ण धनि देश हो। तर राजनीतिज्ञले नेपाल बिग्रारेको छ। म पुरै नेपाल घुमेको छु। स्विजरल्याण्ड भन्दा नेपाल राम्रो छ। यदि मैले नेपाल बनाउन पाए भने ५ बर्ष भित्र स्विजरल्याण्ड भन्दा राम्रो बनाउन सक्छु । खाली प्रधानमन्त्रिको कुर्सिको लागि झगडा नगर्नुहोस। नेपाल बनाउने पट्टि लाग्नुहोस।’

आफुले जानेको सीप सिकाउनको लागि स्कुल कलेज खोल्ने उनको इच्छा छ। उनि भन्छन ‘यहाँ सबै किसिमको रोगको उपचार हुन्छ ढुक्क भएर यहाँ आउनुहोस। म निको पर्दिन्छु।’

2 thoughts on “कतै पार लागेन भने यहाँ आउनुहोस क्यान्सरदेखि एचआइभीसम्मको उपचार गर्छु सुब्बा (भिडियो)

  1. Mero Aama ji Gallbladder cancer le birami hunu huncha,unko 4th stage chaaldai cha. Treatment garnu milcha Hajur bata?

Leave a Reply

error: Please Dont Copy My Content!! !!