Friday, June 18, 2021
Home > भिडियो > जीवन र मरणमा रहेका बेलायती नागरिकलाइ नेपालीले गरे हस्पिटलमै पुगी खुलेर सहयोग, भए भावुक – पुरा भिडियो हेर्नुहोस

जीवन र मरणमा रहेका बेलायती नागरिकलाइ नेपालीले गरे हस्पिटलमै पुगी खुलेर सहयोग, भए भावुक – पुरा भिडियो हेर्नुहोस

केही दिन यता काठमाडौंको बिर अस्पतालमा उपचारार्थ रहेका एक जना विदेशी नागरिकको समाचार र भिडियोले तरंग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनको नाम फिलिप्स हो । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी र डाइबेटिस रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती एम्बेसीले पनि बेवास्ता गरेको कारण उनको यो हालत भएको हो ।

उनका लागि सहयोग आएको र उनका लागि सहयोगी धेरै आएको भन्दै समाचार आएका थिए । तर लाइट नेपालको टोली उनको उपचार भइरहेको स्थानमा जाँदा एक जना क्रिस्टिना मात्र सहयोगमा जुटेको भेटिएको थियो । विर अस्पतालमा उनको उपचार सम्भव नहुने तर विर अस्पतालमा आइसियु समेत उपलब्ध नभएपछि लाइट नेपालका सितलभेट बस्यालको सहयोगमा उनलाई आइसियु सहितको उपचारका लागि काठमाडौं मेडिकल कलेजमा पुर्याइएको छ । सितलको सकृयतामा प्रहरीसंगको सहयोगमा बेलायती नागरिकलाई काठमाडौं मेडिकल कलेज लगिएको हो । सितल चिकित्सक सहितको टोलीसंग उनलाई एम्बुलेन्समा राखेर केएमसी अस्पताल पुर्याएका छन् ।

तपाईहरुले भिडियोमा हेर्न सक्नुहुन्छ कसरी सितलले उनलाई एम्बुलेन्समा राखेर चिकिस्सकको टोली सहित केएमसी अस्पताल पुर्याए । उनको केएमसी पुगेपछि उपचार समेत सुरु गरियो । सितलको सामिप्यता पाएपछि फिलिप्सले आफ्नो टाउको दुखेको संकेत गर्दै सितललाई मसाज गरिदिन आग्रह गरे । विदेशी नागरिक आफ्नो मुलुकमा आएर यस्तो दर्दनाक अवस्थामा रहेको हाम्रो टिमले देख्न सकेन । त्यसैले हामी उनका लागि सहयोग जुटाउने अभियानमा छौं ।

कृपया अर्काको देशमा अलपत्र परेका विदेशी नागरिकलाई स्वास्थ्य बनाएर उनको देश फर्काउने हाम्रो अभियानमा तपाईहरुको पनि साथको अपेक्षा गरेका छौं । हामी नेपालीहरु विदेशी भूमीमा यस्तो अवस्थामा रहँदा कति पीडा हुन्छ पक्कै पनि उनलाई पनि त्यस्तै पीडा भएको होला । हामी आफ्नै पीडा सम्झेर उनलाई सहयोगका लागि पहल सुरु गरेका छौं । तर तपाईहरुको सहयोगबिना हाम्रो प्रयासले मात्र सम्भव छैन । कृपया यो भिडियो शेयर गरेर र उनलाई उपचारमा सहयोग पुर्याउन आर्थिक रुपमा पनि सकेजति सहयोग गरिदिनुहुन लाइट नेपाल टिम आग्रह गर्दछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!