Tuesday, January 18, 2022
Home > समाचार > विसंघले दल्यो जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुखलाई कालो मोसो

विसंघले दल्यो जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुखलाई कालो मोसो

काठमाडौँ – आज दिउँसो नेविसंघ डोटीले जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुखलाई कालोमोसो दलेको छ।योजनाहरुमा आफन्तको माध्यमबाट १० प्रतिशत भन्दा बढी रकम असुल गरेर व्यापक भ्रष्टाचार गरेको भन्दै शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख अनन्त कुमार पौड्याललाई कार्यकक्षमै कालो मोसो दलेको हो।उनलाइ १०र१२ जनाको समूहमा आएका नेविसंघका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

नेविसंघले पौड्याललाई कार्यकक्षमै कालो मोसो दलेपछी एक विज्ञप्ति जारी गरि विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजनाहरुमा आफन्तको माध्यमबाट १० प्रतिशत भन्दा बढी रकम असुल गरेर व्यापक भ्रष्टाचार गरेकाले उनीमाथि कारबाही गरेको बताएको छ। उनले अस्थायी, करार, शिक्षकको म्याद थप गर्दा जम्मा भएको रकम राजश्वमा जम्मा नगरी मनपरी खर्च गरेर पारदर्शी हिसाब नखुलाएको नेविसंघले विज्ञप्तिमा जनाएको छ ।

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!