Friday, March 5, 2021
Home > समाचार > भर्खरै आयो दुखद घटनाको खबर ,स्थिति तनाव ग्रस्त !

भर्खरै आयो दुखद घटनाको खबर ,स्थिति तनाव ग्रस्त !

इटहरी/ इटहरी पारुहाङचौक स्थित एक हाेटलमा भिषण अागलागी भएकाे छ । राति ११:५० मा सुरू भएकाे अागाे नियन्त्रणका क्रममा रहेकाे छ । इटहरी, र सुन्दरहरैचाका दमकलहरूले अागाे नियन्त्रण प्रयास गरीरहेका छ । विध्यूत सर्ट भएर अासंका गरिएकाे उक्त अालगाी नियन्त्रण गर्न नेपाल प्रहरी, शसत्र पहरी एवं सर्वसाधारणहरूकाे बाक्लाे उपस्थिती रहेकाे छ । बिस्तृत विवरण अाउन बाँकी रहेकाे छ ।

 

यो पनि पढ्नुहोस :

७ अर्बको लगानीमा विराटनगर – तरहरा मोनोरेल संचालनको यस्ताे छ तयारी

इटहरी । आन्तरीक तथा बाहिय पर्यटकहरूको गन्तब्य संगै आकर्षक केन्द्र बनाउनकालागि बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोरङको बिराटनगर देखि सुनसरीको इटहरी हुदै तरहरा सम्म मोनोरेल संचालनको तयारी थालेको छ । आगामी तिन बर्षमा पुरा हुने गरी कसरीब ७ अरबको लगानीमा सो रेल सञ्चालनको तयारी भइरहेको छ । बिराटनगरको जोगवनीदेखि ईटहरीको तरहरासम्मको ३५ किलोमिटरको दुरीमा बिद्युतीय मोनोरेल संचालन गर्ने पहिलो चरणको तयारी अन्तरगत प्रारम्भिक कार्य सुरू भएको छ ।

बिराटनगर देखि इटहरी हुदै तरहरा सम्म करीब २०० किलोमिटरको गतिमा कुद्ने बाताबरण मैत्री बिद्युतीय मोनोरेल सञ्चालनको तयारी भइरहेको र यसको प्रारम्भिक कार्य समेत अघि बढाइएको सो कम्पनिले जनाएको छ । मोनोरेल सञ्चालनमा आए यात्रुहरूले घण्टौ सम्मको यात्रा १५ देखि २० मिनेटमै छोटिने छ । निजी क्षेत्रको पहलमा स्वदेशी तथा विदेशी कम्पनिहरूको लगानीमा सञ्चालनमा आउने मोनोरेलभित्र करीब ९ सय देखि १ हजार सम्म यात्रुहरू बोक्न क्षमता राख्ने जनाइएको छ ।

मोनोरेल संचालनका लागि यसै साता देखि सम्भाब्यता अध्ययन गरिने सो कम्पनीका अध्यक्ष परमानन्द मेहताले बताए ।उनका अनुसार यो प्रोजेक्टका लागि करिब ७ अर्ब रुपैँया लागत लाग्ने प्रारम्भीक अनुमान लगाइएको र आगामि ३ बर्ष भित्रमा यसले पुर्णता पाइसक्ने बताए । कम्पनीका संचालक रञ्जीत झाका अनुसार बिराटनगर–धरान सडकखण्डमा ब्यापारीक मार्गको माथिबाट लिक बनाएर रेल संचालन गरिने योजना रहेको बताएका छन । यसकालागि सम्पुर्ण तयारी भइसकेको र यसै साता देखि सम्भाब्यता अध्ययन गरिने कम्पनीका संचालक झाले बताए ।

यसकालागि अब सम्बन्धित निकाय बिराटनगर महानगरपालिका , बुढीगंगा गाउँपालिका, दुहबी नगरपालिका र ईटहरी उपमहानगरपालिकासँग समन्वय गरी सल्लाह सुझाव लिने कार्य भइरहेको पनि कम्पनिका सञ्चालक झाले बताए । सप्तकाेशी अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *