Thursday, December 9, 2021
Home > समाचार > कस्तो पापिनी बुबा , आफ्नै २ नाबालक छोराको गरे यसरि निर्मम हत्या !

कस्तो पापिनी बुबा , आफ्नै २ नाबालक छोराको गरे यसरि निर्मम हत्या !

काठमाडौं । एक बुबाले आफ्नै दुई नाबालक छोराको हत्या गरेर फरार भएका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले आफ्नै दुई छोराहरुको हत्या गरि फारर भएको हो ।

यादवले ८ वर्षीय सुनिल र ६ वर्षीय सुजल यादवको हत्या गरेको प्रहरीले जनाएको छ । छोराहरुको हत्या गरेपछि कोठमा राखि ताला लगाएर उनी फरार भएका थिए । प्रहरीले खोजी गर्दै जाँदा बन्द कोठाबाट नराम्रो गन्ध आएपछि ढोका खोलेर हेर्दा शव भेटिएको थियो ।

गत सोमबार मात्रै यादवकी आमाले नाती हराएको भन्दै प्रहरीमा उजुरी दिएको र शुक्रबार यादवले फोन गर्दै हत्या गरेको बताएका थिए ।

हत्या भएका दुई बालक यादवकी कान्छी श्रीमतीका छोरा भएको महानगरिय प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाका बताए । डीएसपी थापाका अनुसार हत्यापछि यादव फरार रहेको र उनको खोजी कार्य जारी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!