Monday, June 14, 2021
Home > समाचार > सल्यानका गाउँगाउँमा प्रहरी परिचालन भएको भन्दै त्यसलाई खरानी बनाउने नेकपाको धम्कि – बिज्ञप्ति सहित

सल्यानका गाउँगाउँमा प्रहरी परिचालन भएको भन्दै त्यसलाई खरानी बनाउने नेकपाको धम्कि – बिज्ञप्ति सहित

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सल्यानमा पक्राउ परेका नेताहरु झुटा मुद्दा लगाइएको र गाउँगाउँमा प्रहरीले गस्ती गरेको भन्दै त्यसको प्रतिरोध गर्ने बताएको छ ।

नेकपा सल्यानका सेक्रेटरी महेन्द्रले आज एक प्रेस विज्ञप्ती सार्वजनिक सल्यानका गाउँगाउँमा जनतालाई दमन गर्न प्रहरी परिचालन भएको आरोप लगाएका छन् । विज्ञप्तीमा जिल्ला सदस्य मदन केसी, गणेश आर.सी. र खुम केसीलाई विनाकारण पक्राउ गरेर झुटा मुद्दा लगाइएको आरोप लगाइएको छ ।

त्यसैगरी सल्यानका गाउँगाउँमा प्रहरी परिचालन गरेर घर खानतलासी गरेको भन्दै त्यसको प्रतिरोध गर्ने विज्ञप्तीमा चेतावनी दिइएको छ । विज्ञप्तीमा भनिएको छ– “जसरी सल्यानी जनतालाई दमन गरेर घर खानतलासी गरिन्छ, त्यसरीनै सल्यानी जनताको प्रतिरोधको सिमा नाघ्ने छ ।”

सरकारले आफ्नो सत्ताको रक्षाका लागी दनम गरेको भन्दै त्यसको प्रतिरोध खरानी बन्ने विज्ञप्तीमा भनिएको छ ।

यस्ताे छ विज्ञप्ती

Leave a Reply

error: Please Dont Copy My Content!! !!