Tuesday, January 18, 2022
Home > भिडियो > ‘ब्लड क्यान्सर’ का कारण थलिएकी जम्मा १९ वर्षकी मिना रुँदै भन्छिन् ‘म बाँच्न चाहान्छु, मलाई अस्पताल लैजाउ’

‘ब्लड क्यान्सर’ का कारण थलिएकी जम्मा १९ वर्षकी मिना रुँदै भन्छिन् ‘म बाँच्न चाहान्छु, मलाई अस्पताल लैजाउ’

घोडाघोडी, कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उहाँ स्वास्थ्यमा सुधार नभएपछि घरमै थला पर्नुभएको छ । बमको आर्थिक अवस्था कमजोर छ ।

“मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, उहाँ पीडा सुनाइ रहनुहुन्छ । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले पीडा सुनाउनुभयो ।

“छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने”, उहाँले भन्नुभयो ।

बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाउनुभयो । “छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो”, उहाँले भन्नुभयो । बमका मामा टेकबहादुर शाह श्रीमान्ले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको बताउनुहुन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!