Monday, March 1, 2021
Home > बिजनेस > बैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि अायो अहिलेसम्मकै खुशीकाे खबर

बैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि अायो अहिलेसम्मकै खुशीकाे खबर

बैशाख १४, काठमाडौं – वैदेशिक रोजगार विभागले चालू अार्थिक वर्षमा २२ वटा म्यानपावर कम्पनीलाई कारवाही गरेको छ । वैदेशिक रोजगारमा गएका र जान लागेकाहरुको उजुरीको आधारमा उनीहरुमाथि कारवाही गरिएको विभागले जनाएको छ ।विभागमा चालू आर्थिक वर्षमा कूल ७ सय ६९ वटा म्यानपावर विरुद्ध उजुरी परेको थियो । जसमध्ये ७ सय १८ वटा उजुरीहरु समाधान गरिएको जानकारी वैदेशिक रोजगार विभागका

राहत तथा उद्दार शाखाका निर्देशक शशीकुमार लम्सालले जानकारी दिए । उनले बाँकी रहेका करिब ५० उजुरीहरु समाधान हुने प्रक्रियामा रहेको बताए । रोजगारीका लागि विदेश जाने कामदारहरुको विवरणलाई अद्यावधिक गर्नको लागि परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयसँग समन्वय गरिसकिएको लम्सालले बताए ।

वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि पुरा गर्नुपर्ने श्रमको प्रक्रियालाई छिटो छरितो र सहज बनाउन काठमाडौं भन्दा बाहिर तीन स्थानमा व्यवस्था गर्न लागिएको छ । त्यसका लागि दरबन्दीको व्यवस्था भैसकेको र एक दुई दिनमा काम शुरु हुने लम्सालले जानकारी दिए ।

स्रोत: लोकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *