Friday, January 21, 2022
Home > समाचार > सीमा रक्षाका लागि एसएसबी को गोलि खाने शहीद गोबिन्द गौतमका परिवारको विचल्ली ( पूरा हेरि शेयर गरौ )

सीमा रक्षाका लागि एसएसबी को गोलि खाने शहीद गोबिन्द गौतमका परिवारको विचल्ली ( पूरा हेरि शेयर गरौ )

कञ्चनपुर । सीमा रक्षार्थ ज्यान आहुति दिने गोविन्द गौतमको योगदान विर्सिन थालिएको छ । कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ४ आनन्द बजार नजिकै नेपाली भूमीमा भारतले बनाउन लागेको कल्भर्ट रोक्न संघर्ष गर्ने क्रममा गौतमको ज्यान गएको थियो । तत्कालिन सरकारले गौतमलाई शहीद घोषणा गरेपनि उनको परिवारलाई अहिले कसैले वास्ता गरेका छैनन् ।

२ वर्षअघि अर्थात २०७३ साल फागुनमा भारतले नेपाली भूमी मिच्ने प्रयास ग¥यो । कञ्चनपुर पुनर्वासको आनन्द बजार नजिकै नेपाली भूमीमा भारतले जवरजस्ती कल्भर्ट निर्माण सुरुगरेको थियो । यसको विरोधमा गोविन्द गौतम सहित आम नागरिक उत्रिए । भारतीय ज्यादतीको विरोधमा उत्रिएका माथि गोली प्रहार भयो । गोली लागेर गोविन्द गौतमको निधन भयो ।

तत्कालीन सरकारले उनलाई शहीद घोषणा ग¥यो । तर, उनकै आश्रयमा जीवन गुजारिरहेका उनका परिवारको विचल्ली भएको छ । न त सरकारले गौतमका परिवारलाई राहत दिन सकेको छ न सन्तानलाई शिक्षा नै । विडम्वना मुलुकको रक्षाका लागि ज्यान आहुती दिने गौतमका परिवार आर्थिक अभावमा छटपटिनु परेकोछ ।

गौतमलाई शहिद घोषणा गरेपछि सरकार, राजनीतिक दल, केही संघसंस्था र व्यक्तिले सहयोग गरेपनि अहिले उनका परिवारको अवस्था दयनीय छ । तत्कालीन समयमा धेरैले गौतमको योगदानलाई राजनीति गर्ने माध्याम समेत बनाएका थिए । अहिले विर्सिदै गएको छ । तत्कालिन समयमा सरकारले शहीद गौतमका परिवारलाई जग्गाको लालपुर्जा दिने, स्वास्थ्य उपचारको निशुल्क गर्ने, घर वनाइदिने प्रतिवद्धता गरेको थियो । तर, परिणाम शुन्य रह्यो । कामकाजी छोराले मुलुकका लागि ज्यान दिएपनि राज्यले वास्ता नगरेकोमा परिवार दुखित बनेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण गौतमकी पत्नी लक्ष्मी कामको खोजीमा भौतारि रहेकी छन् । तर, उनको पुकार सुन्ने कसले ? आर्थिक अभावले पढाई नै छोड्नुपर्ने अवस्थामा पुगेको शहीदकी छोरीको पीड कसले पो सुनिदेला ?

विभिन्न वहानामा मारिएकालाई समेत शहीदको दर्जा दिने सरकार मुलुकको सीमा रक्षाका लागि आहुति दिने गौतमका परिवारलाई वेवास्ता गर्दैछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!