Wednesday, June 16, 2021
Home > समाचार > ‘रवी लामिछानेलाई वेवारिसे लाश’ बनाइदिने वाईसिएल नेताको धम्की – कृपया पुरा समाचार हेर्नुहोस

‘रवी लामिछानेलाई वेवारिसे लाश’ बनाइदिने वाईसिएल नेताको धम्की – कृपया पुरा समाचार हेर्नुहोस

काठमाडौं, ३ चैत्र । टेलिभिजन पत्रकार रवी लामिछानेले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध टेलिभिजन कार्यक्रममा बोलेको भन्दै पूर्व माओवादी कार्यकर्ता आक्रोशित बनेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल मार्फत लामिछानेलाई निरन्तर धम्की दिन थालेका छन् । पूर्वमाओवादी निकट युवा संगठन वाईसिएल नेपालका कार्यकर्ताले लामिछानेको ज्यान लिने सम्मको धम्की दिएको पाइएको छ ।

वाईसिएल नेपालका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लाश बनाइदिने धम्की दिएका छन् ।


‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख । अन्यथा रवि वेवारिसे लाश हुँदा तेरो अनुसन्धान गर्ने क्षमता कमजोर छ तैलाई अवगत होला है ।’ ज्वालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो समाचार सिधान्युज डटकम बाट साभार गरिएको हो

Leave a Reply

error: Please Dont Copy My Content!! !!