Sunday, June 20, 2021
Home > Uncategorized > दैवले बचाएका सनमलार्इ कान्तिपुर दैनिकले यसरी मारेपछि…

दैवले बचाएका सनमलार्इ कान्तिपुर दैनिकले यसरी मारेपछि…

काठमाण्डौं, वैशाख १४ – राष्ट्रिय दैनिक कान्तिपुर पत्रिकाको थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा नाराबाजी भईरहेको छ । हरेक शुक्रबार प्रकाशित गर्ने आजको साप्ताहिकको प्रथम पृष्ठमा जीवित व्यक्तिलाई मरेको भनेर तस्बिरसहितको समाचार प्रकाशित गरेपछि कार्यालयमा नाराबाजी भएको हो । ३३ किलो सुन प्रकरणमा मारिएका सनम शाक्यको तस्बिर हुनुपर्नेमा साप्ताहिकले युएस बंगलाको विमान दुर्घटना हुँदा

बिमानको सिसा फोरेर बाँचेका सनम शाक्यको तस्बिर प्रकाशित गरेपछि लफडा भएको हो । एकै नाम हुँदा भएको त्रुटी भन्दै साप्ताहिकले भने पिडित दर्जन युवाले भोली प्रकाशित हुने कान्तिपुर दैनिकमा खण्डन प्रकाशित नगरे जे पनि गर्न सक्छौ भन्दै यतिबेला नाराबाजी गरिरहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!