Wednesday, June 16, 2021
Home > समाचार > ठुलो खुसीको खबर :कोरियन कम्पनीले नेपालमै चारपांग्रे सवारी साधन बनाउने , कारहरुको मूल्य ह्वातै घट्न सक्ने – पुरा हेर्नुहोस

ठुलो खुसीको खबर :कोरियन कम्पनीले नेपालमै चारपांग्रे सवारी साधन बनाउने , कारहरुको मूल्य ह्वातै घट्न सक्ने – पुरा हेर्नुहोस

काठमाडौं । नेपालमै चारपांग्रे सवारी साधनको एसेम्बलिङ अर्थात् समायोजन हुने भएको छ । कोरियन कम्पनीले ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ गर्ने भएको हो । यसअघि नेपालमा गोल्छा समुहले एसेम्बलिङ गर्ने गरेको भए पनि सो केही समयपछि नै बन्द भएको थियो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।कोरियन कम्पनीले एसेम्बलिङ गर्ने भएपछि नेपालमै चारपांग्रे सवारी साधन बन्ने र मुल्य समेत कम हुने बताइएको छ । विभिन्न देशमा बनेका पाट पूर्जा ल्याएर जडान गर्ने कामलाई एसेम्बलिङ भनिन्छ ।

शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनीलाई १० अर्ब बढीको लगानी गर्न स्वीकृत गरेपछि बाटो खुलेको हो । कम्पनीले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव बोर्ड समक्ष गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा सिंहदरबारमा बसेको बोर्ड बैठकले यो लगानीलाई स्वीकृत गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि नेपालमा गोल्छा समूहले चारपांग्रे सवारीको एसेम्बलिङ सुरू गरेको थियो । हाल सो गाडीको उत्पादन बन्द भइसकेको छ । मुस्ताङ ब्राण्डको सो गाडी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेका थिए । त्यसपछि गोल्छा समूहले केही गाडी उत्पादन गरे पनि त्यसले बजार लिन नसकेपछि बन्द भएको थियो । नेपालमा हाल दुई पांग्रे गोल्छा समूहकै अगुवाईमा बजाजका केही बाइकहरू एसेम्बलिङ हुने गरेका छन् ।

यसैगरी बोर्ड बैठकले निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पहुँच मार्गका सम्बन्धमा देखिएको समसया समाधान गर्न स्थानीय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एक कार्यदल बनाएको छ । यो कार्यदलले दिने सुझावका आधारमा अरुण तेस्रो जलविद्युत आयोजनाको पहुँचमार्गको समस्या हल गर्ने योजना बोर्डको छ ।

अरुण तेस्रोको लगानी श्रोतको सुनिश्चितता ‘फाइनान्सियल क्लोजर’का लागि पनि ३ महिना समय थप गर्ने निर्णय भएको छ । भारतीय सरकारी कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको हालसम्म पनि ‘फाइनान्सियल क्लोजर’ हुन सकेको छैन । यसका कारण उसले म्याद थप गर्न माग गर्दै आएको थियो । यस्तै चिनियाँ लगानीमा बन्न लागेको हुवासिन सिमेन्ट उद्योगको जेभीलाई पनि बोर्डले स्वीकृत गरेको छ । यसअघि स्वीकृत भएको सेयर हिस्सेदारीको अंशलाई संशोधन गरिएको हो ।

बोर्डले आगामी चैतको १४ र १५ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनमा राख्ने गरी ६० भन्दा बढी आयोजनालाई सूचीकृत गर्ने निर्णय गरेको छ । योजना आयोगले पहिचान गरेका ४५ वटा र विभिन्न निजी क्षेत्रबाट प्रस्तावित १७ वटा आयोजनालाई लगानी सम्मेलनमा लगानीको आह्वान गर्दै राखिने प्रमुख कार्याकारी अधिकृत अधिकारीले बताए ।

यसअनुसार सम्मेलनमा जलविद्युत, ऊर्जा, पर्यटन, कृषि, शहरी विकास, लगायतका विभिन्न क्षेत्रका ६२ आयोजना राखिने भएको छ । बैठकपछि अधिकारीले लगानी सम्मेलनमा ४ सयभन्दा बढी लगानीकर्ताले सहभागी जनाउने प्रतिवद्धता जनाइसकेको बताए । उनका अनुसार सम्मेलनमा सरकारी उच्च्स्तरीय व्यक्तित्वहरू, उच्च व्यवसायिक घरानामा प्रमुखहरू र विभिन्न कम्पनीका प्रमुख तथा प्रतिनिधिले सहभागिता जनउनेछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!