Tuesday, January 18, 2022
Home > समाचार > ७ वर्षका बैज्ञानिकलाई लाग्यो यस्तो रोग, बाबु आमा अस्पतालमै बेहोस (भिडियो हेर्नुस्)

७ वर्षका बैज्ञानिकलाई लाग्यो यस्तो रोग, बाबु आमा अस्पतालमै बेहोस (भिडियो हेर्नुस्)

काठमाडौं, १ चैत । बनेपाका जितेन भारती आफ्नो ७ वर्षको छोरालाई विद्यालयमा सबैले साइन्टिस बेबी भन्दा कम्ती खुसी हुन्थेनन् । हुन पनि सात वर्षका वेल्सन पढाईमा निकै अब्बल थिए । उनलाई नयाँ नयाँ कुराको खोज गर्न निकै मन पर्थ्यो । त्यसैले उनले विद्यालयमा साइन्टिस बेबीको नाम कमाएका थिए । तर चार महिना भयो उनी काठमाडौंको कान्ती बाल अस्पताको वेडमा छन् । उनका आमा बुवा छोराको अवस्था पहिलाको जस्तो हुन्छ की हुँदैन भनेर ब्यग्र प्रतिक्षामा छन् ।

अस्पतालमा छोराको उपचारका लागि बसेकी आमा कबिता कार्की भारतीको आँखा चार महिना यता ओभाएका छैनन् । बोल्न खोज्यो की उनको गला अवरुछ हुन्छ, आँखावाट बलिन्द्रधारा आँशु आउँछ । उनी रुँदै भन्छिन्, हे भगवान मलाई अरु केही चाहिदैन मेरो छोरालाई पहिलेकै अवस्थामा फर्काइदेउ ।’

बच्चाको खेल्ने कुद्ने अवस्था हो तर अलिकती हिड्यो भने पनि बाबु नगर भन्नुपर्छ, उनको रगत खट्छ । दिनभरी खेलकुद गरेको बच्चा तिहारमा भैली खेले । शरिरमा सानो दाग देखापर्यो । गालामा निलो डाम थियो । त्यो के रहेछ भनेर जाँच गराउन जाँदा चिकित्सकले बच्चा अन्तिम अवस्थामा पुगिसकेको छ आइसियु तयार गर्नुस् भनेपछि वेल्सनका आमा बुवा छाँगावाट खसेजस्ता भए । वेल्सनलाई ब्लड क्यान्सर भएको चिकित्सकले बताए ।

तिजको नजिक पनि उनलाई सानो दाग देखीएपछि प्रहरी अस्पतालमा उपचार गराउँदा औषधिले ठिक हुन्छ भनेर पाँच दिनको औषधि दिइयो । वेल्सन तिहारमा भैली पनि खेले । पछि कान्ति अस्पतालमा गरेको स्वास्थ्य जाँचको रिपोर्टले उनीहरुको पैताला मुनीको जमिन भासियो । आमा बुवा दुवैजना बेहोस भए । अहिले अब उनीहरुलाई देश विदेशमा बस्ने नेपालीहरुको सहयोगको आशा छ । ब्लड ट्रान्सप्लान्ट गर्यो भने चिकित्सकले बाँच्ने सक्ने बताएपछि आमाबुवामा केही आश पलाएको छ । तर त्यसका लागि ठूलो रकमको आवश्यकता छ । त्यसैले बालकका आमाबुवाले देश र विदेशमा बस्ने नेपालीहरुसंग आर्थिक सहयोगको अपिल गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!