Saturday, July 10, 2021
Home > समाचार > भर्खरै डोटीमा घट्यो दुखद दुर्घटना !

भर्खरै डोटीमा घट्यो दुखद दुर्घटना !

डोटी । डोटीको बुडरमा जीपकोे ठक्करबाट मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु भएको छ ।ईलाका प्रहरी कार्यालय बुडरले दिएको जानकारी अनुसार शुक्रबार बिहान करिब साढे आठ बजे धनगढीबाट बाजुरा तर्फ गइरहेको बा १६ च ८७८२ नं. को स्करपियोले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका २ उल्टा खाम बस्ने अन्दाजी १९ वर्षका राजेश विष्टको मृत्यु भएको हो ।

तीव्र गतिमा गइरहेको स्कारपियोले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डोटीको जोरायल गाउँपालिका २ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत बिष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरिक्षक हर्कबहादुर साउद बताउनु भयो । ठक्कर दिने उक्त स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस :

अनमोललाई काखमा खेलाएकी निरुता अब उनकै हिरोइन बन्न इच्छुक

काठमाडौँ : ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि नेपाल आएकी निरुता सिंङले अनमोल सानो हुँदा आफुले काखमा खेलाएको र ठुलो भएपछी नभेटेको बताएकी थिइन् ।

अनमोललाई भेट्ने उनको ईच्छा ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ अवार्ड मार्फत पूरा भएको छ । निरुताले, अब त आफू अनमोलकी हिरोइन भएर चलचित्र खेल्न समेत इच्छुक भएको बताएकी थिइन् ।

बिहिबार बेलुका हायात होटलमा आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ अवार्ड समारोहमा निरुताले सानोमा काखमा खेलाएका अनमोललाई भेटिन् । अनमोलले पनि निरुतासँग अंकमाल गर्दै सम्मान दर्शाए ।

अनमोलले ‘उत्कृष्ट नायक’को अवार्ड पाएपछि पनि निरुता निकै खुशी थिइन् । उनले, अवार्ड उचालेका अनमोलसँग तस्बिर पनि खिचाइन् ।

‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि नेपाल आएकी निरुता आज मुम्बई फर्किदैछिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!