Thursday, December 9, 2021
Home > समाचार > धुर्मुस सुन्तलीले गरे फेरी अर्को ठुलो काम !!

धुर्मुस सुन्तलीले गरे फेरी अर्को ठुलो काम !!

काठमाडौं, १४ वैशाख । घर नजिकै बिद्यालय छ तर उनीहरु विद्यालय जान पाएका थिएनन् । मनभरी रहर गुम्स्याएर बसेका महोत्तरी गौशाला ७, मनहर्वाका १ सय २५ जना बालबालिकालाई विद्यालय जाने रहर धुर्मुस सुन्तलीले पुरा गरिदिएका छन् । विद्यालय जाने उमेर पुगेर पनि आर्थिक हैसियत नभएा कारण ति बालबालिकाहरु दैलो नजिकै रहेको विद्यालय जान पाएका थिएनन् ।

आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नपाएर आमाबुवाको मन संधै अमिलो हुन्थ्यो । तर ति अभिभावकको दुखमा मल्हम लगाउन पुगे धुर्मुस सुन्तली । विद्यालय जान नपाएका बालबालिकाहरुलाई धुुर्मुस सुन्तली फाउण्डेसनले सामुदायिक विद्यालयमा भर्ना गराए पछि महोत्तरी गौशाला ७, मनहर्वाका १ सय २५ जना बालबालिकाको अनुहारमा खुसी छाएको छ ।

बिहीवार फाउण्डेसनकी उपाध्यक्ष एवम हाँस्य कलाकार समाजसेवी कुञ्जना घिमिरेले सो वस्तीका मुसहर समुदायका बालबालिकाहरुलाई नजिकै रहेको नेपाल जनजाति आधारभुत विद्यालयमा भर्ना गराएकी हुन ।

उनको सो कार्यको विपन्न परिवारले निकै सह्राहना गरेका छन् । विद्यालय पठाउने सपना पुरा गर्न नसकेर निरास सो वस्तीका बालबालिकाहरुहरु विद्यालय गएपछि स्थानियहरु हर्षित भएका छन । बस्ति छेउमै विद्यालय भएतापनि उमेर पुगेका बालबालिकाहरुहरु विद्यालय नगई अरुको बारीमा गई मुसा मार्ने, बालश्रम गर्न वाध्य भएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!