Thursday, June 17, 2021
Home > समाचार > सिराहामा बिहेको भोज बनाउदा बनाउदै अचानक यस्तो घटना घटेपछि रुवाबासी – पुरा हेर्नुहोस

सिराहामा बिहेको भोज बनाउदा बनाउदै अचानक यस्तो घटना घटेपछि रुवाबासी – पुरा हेर्नुहोस

सिरहा – सिरहामा ग्यास पड्किएर आगलागी भएको छ । सिरहाको लहान नगरपालिका वडा नं। २२ गम्हरिया टोलमा आगलागी हुँदा लाखौँ मुल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । विहेको खाना तयारी गर्ने क्रममा अचानक ग्यास लिक भएर आगलागी भएको बताइएको छ। आगलागी हुँदा करिब ५० लाख बराबरको धनमाल जलेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा राधेश्याम चौधरीको १ वटा घर, जिन्सी सामग्री ८ लाख, नगद २ लाख, सुन डेढ तोला, चाँदी ६० तोला नष्ट भएको छ भने ठिठर चौधरीको एउटा घर, २ लाखको सर–समान, नगद १ लाख ५० हजार जलेको हो । बालकृष्ण चौधरीको १ लाखको सर समान, सुखि चौधरीको जिन्सी ४ लाख, नगद १, लाख ५० हजार, चाँदी ४० तोला, मिठन चौधरीको २० हजारको पराल लगायत जलेको हो । आगो स्थानियवासी, शसस्त्रप्रहरी, लहान नगरपालिकाबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!