Wednesday, March 3, 2021
Home > समाचार > फेसबुकमा कमेन्ट गरेको बिषयले चक्कु र छुरी बोकेर ग्याङ फाइट !!

फेसबुकमा कमेन्ट गरेको बिषयले चक्कु र छुरी बोकेर ग्याङ फाइट !!

सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् ।

युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार घाइतेद्वयले एउटी युवतीको फेसबुकमा कमेन्ट गर्दा अर्का युवाको समूहले सांघातिक आक्रमण गरेका थिए ।

घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको र झगडामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको र पेटमा चोट लागेको बताइएको छ । दिउँसै मध्यचोकमा चक्कु र छुरी बोकेर ग्याङ फाइट हुँदा त्यस क्षेत्रका बासिन्दा त्रसित भएका थिए ।

यो पनि पढनुहोस :

सलकपुर (मोरंग) । छोरा नभए आफु मरेपछि कृयापुत्री बस्ने कोही हुन्न भन्ने नेपाली समाजको रुढीवादी मान्यतालाई तोड्दै एक आठ वर्षिया बालिका आफ्नो पिताको कृयापुत्रीमा बसेकी छिन् ।

मातापिताकी एक्लि सन्तान कोशीहरैँचा–९ सलकपुरकी विकिना राउतकी पिताको ११ दिन अघि निधन भएको थियो । काठमाडौको जवलाखेल स्थित लिटल एन्जल्स बोर्डिंग स्कुलमा ३ कक्षामा पढ्ने उनले कसैको दवावमा नपरी आफै बुवालाई दागवत्ति दिइन् ।

साथै १३ दिनको काजक्रियामा समेत आँफै सामेल भइन् । छोरा नभएको परिवारमा छोरीले समेत आमा बाबुको काजक्रिया गर्न सकिन्छ भनेर आफुले बाबुको काममा बसेको बिकिनाले बताइन । उनले आफुले यसरी काममा बस्दा बाबुले स्वर्गमा बास बस्न पाउने समेत बताउछिन ।

उमेरमा सानी भएपनि बिकिनाले बुबाको शबलाई दाहसस्कार गर्ने बेलमा समेत कपाल मुण्डन गर्नका लागि रुदै जोड समेत दिएको परिवारले बतायो । उनले काजक्रियामा बस्दा अपनाउनुपर्ने सम्पुर्ण बिधिमा समेत सामेल भएको देखेपछि स्थानियका लागि उदाहरणिय विषय बनेको छ ।

नेपाल प्रहरीको सेवामा रहेका उनका पिता सितारामको ४० वर्षको उमेरमा जण्डिसले निधन भएको हो । उनकी आमा वविता समेत नेपाल प्रहरीको सेवामा कार्यरत छिन् । आमा वविताका अनुसार छोरीलाई वावुको काम गर्न कुनै दवाव दिइएको होइन । बाबुको देहान्त पश्चात आफुले अन्तिम सँस्कार गरे स्वर्गमाबास हुन्छ भन्दै छोरीले वावुको कर्ममा वसेको देख्दा आफुलाई नै आश्चार्य लागेको आमा वविताले बताइन ।

८३ वर्षिय हजुरवुवा लालबहादुर राउतले समेत नातिनीले छोराको कर्म गरेकोमा पहिले आश्चर्य लागे पनि सबैले ठिक गरि भनेको सुन्दा खुसी भएको बताए । समय परिवर्तन भइसकेको हुँदा अव छोरा नहुँदा कसले कर्म गर्ला भन्ने पीर नरहेको उनले बताए । मृतकको कर्म चलाउन तीथि गर्दै आएका परोहित खेमराज लम्सालले समेत छोरी कर्ममा वसेको सुनेको तर ति सानो उमेरमा परिपक्क कुरा गर्ने छोरी नदेखेको बताए ।

उनले शास्त्रमा छोरी क्रियामा वस्ने उल्लेख नगरे पनि समयको माग अनुसार वावु वा आमाको क्रियामा छोरी वस्नु अव नौलो नभएको सुनाए । स्थानिय समाजेवी, मोरङ पयाप्सनका अध्यक्ष टिका ढकालले वषैं देखि चलिआएका पुरातन सोचहरुलाई परिवर्तन गर्नु आवश्यकता रहेको औल्याए । उनले भने ‘छोराको आशामा धेरै सन्तान जन्माउने परिपाटीको अन्त्य हुन यस्ता उदाहरणिय कामले मदत पुग्छ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *