Wednesday, June 16, 2021
Home > समाचार > ओखलढुंगा बाट आयो अत्यन्तै दुखद खबर, आफ्नै श्रिमतिलाइ यस्तो गरे यी पापी श्रीमानले – पुरा हेर्नुहोस

ओखलढुंगा बाट आयो अत्यन्तै दुखद खबर, आफ्नै श्रिमतिलाइ यस्तो गरे यी पापी श्रीमानले – पुरा हेर्नुहोस

फागुन २८, ओखलढुंगा । ओखलढुंगामा श्रीमानको कुटाइबाट श्रीमती सख्त घाइते भएकी छिन् । मानेभज्याङ गाउँपालिका–१ मोलीका २७ वर्षीय भविमान सिंह रुम्दालीको कुटाइबाट उनका श्रीमती २९ वर्षीया निर्मला राई सख्त घाइते भएकी हुन् ।

आइतबार बेलुका मादकपदार्थ सेवन गरी आएका रुम्दालीले सामान्य घरायसी विवाद हुँदा श्रीमतीलाई मराणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।

श्रीमानको कुटाइबाट निर्मलाको हात, अनुहार, ढाड तथा खुट्टामा गहिरो चोट लागेको छ । उनको हाल ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेकाले उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ ।

घटनापछि रुम्दालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेलगत्तै पुनः मंगलबार (आज) रुम्दालीविरुद्ध जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा महिला हिंसाविरुद्धको उजुरी पनि दर्ता भएको छ ।

अहिले पीडक रुम्दालीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । निर्मलाका ७ वर्ष र ३ बर्षका छोरीहरु छन् । रतोपाटी बाट साभार गरिएको

Leave a Reply

error: Please Dont Copy My Content!! !!